• २० असोज २०८१, आइतबार

हिट नै नभएको चार सय मिटर हर्डस्समा जयरानीलाई कीर्तमानी स्वर्ण

blog

स्वर्ण विजेता जयरानी चौधरी । तस्बिर : विकास द्वारे

पोखरा, असोज ३० गते । साधारणतया एथलेटिक्सका छोटो दूरीका दौडमा हिट चरणपछि मात्र फाइनल्समा पदकको छिनोफानो हुने गर्दछ ।

महिला चार सय मिटर हर्डस्समा पनि आइतबार बिहान सुरुमा हिट चरण हुने भनिएको थियो । तर १२ खेलाडी सहभागी यो इभेन्ट्समा पाँच खेलाडी सहभागी नहुँदा सीधै फाइनल खेलाइयो ।

सो दौडमा जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित १ मिनेट ०४.१३ सेकेन्डमा दौड पूरा गरी आफ्नै कीर्तिमानमा सुधार गर्नुभयो । जयरानीको नाममा एक सय मिटर हर्डल्सको राष्ट्रिय कीर्तिमान पनि छ ।

जयरानीले एपीएफकी भागरती कुमार थारु (१ मिनेट ०६.६ सेकेन्ड) र कल्पना श्रेष्ठ (१ मिनेट ६.५१ सेकेन्ड)लाई पछाडि पार्नुभएको हो । जयरानीले बाधा दौडमा महिला धाविकाहरुको कमीले प्रायः यो समस्या आउने गरेको छ, भन्नुभयो ।