ग्रामीण भेगका महिलाको थाप्लोमा मात्रै रहेको काम गाज्जो (खर) काट्ने क्रममा गएको तीन हप्ताभित्र बैतडीमा चार महिलाले ज्यान गुमाएका छन्। प्रत्येक वर्ष सहरी क्षेत्रमा मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियानका नाराले घाँसको त्यान्द्राका लागि ज्यान गुमाउने ग्रामीण भेगका महिलालाई छुन सकेको छैन।
काठमाडाैँस्थित थापाथलीको सुकुम्बासी बस्ती अहिले मुलुकभर नै चर्चा र चासोका रूपमा रहेको छ । यसैबीच दुई निकाय काठमाडाँैं महानगरपालिका तथा राष्ट्रिय भूमि आयोगबीच यसै विषयलाई लिएर द्वन्द्व सुरु भएको छ । यी दुई निकायबीच सुकुम्बासीको व्यवस्थापनका साथै उनीहरूले बसोबास गर्दै आएको सार्वजनिक जग्गा खाली गराएर त्यसको संरक्षण गर्ने विषयमा भिन्न–भिन्न मत देखिनु राम्रो होइन । यसले राजधानी काठमाडौँलाई व्यवस्थित सहर बनाउने चाहनामा प्रतिकूल प्रभाव परेको छ । धेरै पहिलेदेखि जटिल समस्या बन्दै आएको बागमती नदीछेउको सुकुम्बासी बस्ती समाधान गर्नैपर्ने मूल कार्यसूची हो र त्यसनिम्ति विधि र प्रक्रियाअनुरूप अगाडि बढ्नुको विकल्प नै छैन ।
चुनाव निरन्तर चलिरहने प्रक्रिया हो । एउटा चुनाव सकिन्छ फेरि चुनाव आउँछ । अहिलेको चुनावको प्रक्रिया लगभग सकिएको छ । कसलाई कसले भोट दियो, आफूले मतदान गरेको उम्मेदवारले जिते या हारेभन्दा पनि चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ र नेपालीको चाहना पूरा भएको छ । प्रजातन्त्रमा निष्पक्ष चुनाव सम्पन्न हुनु सबैभन्दा महìवपूर्ण हुन्छ । चुनावको नतिजा कसैको दृष्टिकोणमा केही अप्रत्याशितजस्तो हुन सक्छ र विजयको अपेक्षा गरिएको उम्मेदवारले पराजय भोगेको हुन सक्छ तर देशलाई समृद्धितर्फ बढाउनका लागि हार्ने–जित्ने सबैले आआफ्नो भूमिका निर्वाह गर्न जरुरी छ ।
वर्तमान निर्वाचनमा सङ्घीय संसद्को परिणामले विभिन्न दललाई परस्पर मिलेर सरकार बनाउन निर्देश गरेको देखिन्छ । त्यसमा पनि सत्ता गठबन्धनलाई अरू दललाई पनि साथमा लिएर सहमति र सहकार्यको संस्कृतिअनुरूप मन्त्रिपरिषद् गठन गरी देशको बागडोर हाँक्न भनेको छ । यद्यपि गठबन्धनलाई साधारण बहुमत पनि पुगेको छैन । हुन त जति धेरै दललाई समेट्न खोजिने छ, उति नै अस्थिरता र अराजकता सिर्जना भई ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ हुन सक्छ । यस्तो प्रवृत्तिले शक्ति बाँडफाँटमा पनि स–सानालाई पनि ठूलै भाउ
सहरीकरणलाई हरेक पालिकाको विकासको सूचकका रूपमा लिने गरिएको छ तर सहरीकरणसँगै यसको पहिलो र गम्भीर चुनौतीका रूपमा देखिएको फोहोरमैलाको उचित व्यवस्थापनमा पालिकाले अपेक्षित र हस्तक्षेपकारी कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्न सकेका छैनन् । आधुनिकीकरण हँुदै गएको भनिएको सहरी सभ्यतामा फोहोरमैलाको समस्याले सहरवासी मात्र नभई जिम्मेवार पदाधिकारीलाई समेत लाजमर्दो बनाएको छ ।
‘सभ्य समाजको पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान गत नोभेम्बर २५ देखि सुरु भएको छ । नेपाल पनि विभिन्न कार्ययोजना र रणनीतिसहित अभियानमा जुटिरहेको छ । समाजमा लैङ्गिक विभेद रहेसम्म महिला हिंसा कम हुँदैन । सभ्य समाज निर्माण गर्न प्रथमतः विश्वका हरेक राष्ट्रले लैङ्गिक विभेदरहित समाज निर्माणका लागि साझा अवधारणासहितको अभियानमा जुट्नु जरुरी छ ।
निर्माण व्यवसायी (ठेकेदार)ले खानेपानीको चाबी नबुझाउँदा बैतडी–पाटन नयाँ सहरका ६४४ वटा धाराको पानी रोकिएको छ। १३ करोड रुपियाँ खर्च गरेर निर्माण भएको सहरी खानेपानीको भुक्तानी नपाउँदा खानेपानी ट्याङ्कीमा छ महिनादेखि ठेकेदारकै तालाचाबी रहेको छ। पानीको समस्याका कारण नयाँ सहरको होटल व्यवसाय चौपट भएको होटल सञ्चालक करन महराले बताउनुभयो। सुर्नया नदीबाट मासिक ३० हजारको पानी बोकेर होटल सञ्चालन गर्नु परेको उहाँले पीडा सुनाउनुभयो।
दोस्रो पटक भएको प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुने महिला प्रदेश सभा सदस्यको सङ्ख्या खासै बढ्न सकेन। ठूला र जनाधार भएका दलहरूले समेत महिलालाई पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार बनाउन प्राथमिकतामा नराखेका कारण पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व बढ्न नसकेको हो।
गत असारबाट अफ्रिकन स्वाइन फिभर भाइरस फैलिएपछि अहिलेसम्म चितवनमा चार हजार ४९० वटा बङ्गुर मरेका छन्। उपचारको कुनै उपाय नभएको यो रोगबाट चितवनको भरतपुर महानगरपालिका–६ मा यो रोग देखा परेको थियो। पछिल्लो विवरणअनुसार अहिलेसम्म चार हजार ४९० वटा बङ्गुर मरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिनुभयो। पशुसेवा विज्ञ केन्द्रका अनुसार हालसम्म चितवनका चारवटा फार्ममा अफ्रिकन स्वाइन फिभर भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। यसबाट कम्तीमा पाँच करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ।
अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गेको छ । अहमद बिन अली रंगशालामा शनिबार राति भएको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ गोलले हरायो ।
आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष चार अर्ब ६८ करोड रुपियाँ कर फिर्ता गरेको छ । विभाग र सोअन्तर्गतका कार्यालयसमेतबाट उक्त रकम बराबरको कर फिर्ता गरिएको विभागले जनाएको छ ।
३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा ‘आऊ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शक्ति वल्लभको सङ्गीत रहेको गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, अञ्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार, पुष्पन प्रधान र अस्मिता अधिकारीले स्वर दिनुभएको छ । गीतले समस्त अपाङ्गता भएका अर्थात् विशेष क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ । गीतमा उषा रजक, रश्मि भट्ट, रक्षा थापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देवकुमार श्रेष्ठ, सबिना थापा, विकास रिमाललगायतका कलाकारको अभिनय छ ।
एक समय थियो, जाडो मौसममा शरीरलाई न्यानो पार्न जस्तोसुकै लुगा लगाइन्थ्यो । अहिले भने मानिसको रोजाइ, सोचाइ, चाहना र समय परिवर्तन भएको छ । विशेष गरी युवा पुस्तालाई जाडोमा न्यानो कपडा भएर मात्र पुग्दैन । हेर्दा सुन्दर र आकर्षक देखिनु पनि उनीहरूको प्राथमिकतामा पर्ने गर्छ । चिसोबाट जोगिनुका साथै साथीभाइमाझ होस् वा कार्यालयमा, ‘स्टाइलिस लुक’ युवा पुस्ताको चासोमा पर्छ । जाडोमा न्यानो हुने कपडा लगाउने मात्र होइन, हर समय फेसनेबल भएर हिँड्न रुचाउने फेसनपारखीका लागि अहिले धेरै उपाय रहेका फेसन डिजाइनरहरू बताउँछन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको समग्र विकास, जनताको आर्थिक समृद्धि र रोजगारी सिर्जनाका लागि विशेष योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियान आगामी सरकारको प्राथमिकतामा पर्ने उहाँको भनाइ छ।
अब बैङ्क तथा वित्तीय संस्थाले पहिचान हुन नसकेका ग्राहकको खाता नखोल्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैङ्कलाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।