अब बैङ्क तथा वित्तीय संस्थाले पहिचान हुन नसकेका ग्राहकको खाता नखोल्ने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै ग्राहकको पहिचान हुन नसकेमा खाता नखोल्न बैङ्कलाई निर्देशन दिएको हो । राष्ट्र बैङ्कबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
कतार विश्वकप फुटबल प्रतियोगिताको सबभन्दा विवादास्पद गोल जापानले स्पेनविरुद्ध गरेको दोस्रो गोल रह्यो। सो गोलले सोही समयमा कोस्टारिकाविरुद्ध खेलिरहेको जर्मनीलाई प्रतियोगिताबाटै बिदा ग¥यो।
जापानको राजनीति, विकास र आर्थिक समृद्धिबाट नेपालले पाठ सिकेर अघि बढ्नुपर्नेमा विज्ञहरूले जोड दिनुभएको छ । जापानी विश्वविद्यालय अलुमुनाइ एसोसिएसन नेपालले शनिबार आयोजना गरेको जापानको विगत, वर्तमान र भविष्य विषयक गोष्ठीमा बोल्दै धेरै विषयमा नेपाल–जापानबीच समानता भए पनि नेपालले विकास पथमा अघि बढ्न नसक्नुका कारणको खोजी गर्नुपर्नेमा उहाँहरूको जोड थियो ।
विश्वकप फुटबल प्रतियोगिताको उपाधि रक्षा अभियानमा रहेको फ्रान्सले प्रिक्वाटरफाइनलमा आइतबार पोल्यान्डविरुद्ध खेल्दै छ। फ्रान्सका प्रशिक्षक डिडियर डेस्च्याँले पोल्यान्डलाई कमजोर नठान्न आफ्ना खेलाडीलाई चेतावनी दिनुभएको छ। सन् १९८६ पछि फ्रान्सले अहिलेसम्म खेलेका पाँच प्रिक्वाटरफाइनल खेलमा हारेको छैन। तर यो विश्वकप अहिलेसम्म अन्डरडग टिमको प्रतियोगिताका रूपमा अगाडि बढिरहेको छ। त्यसैले पनि प्रशिक्षक डिडियरले आफ्ना खेलाडीलाई सतर्क गराउनुभएको हो। पछिल्ला सात खेलमा फ्रान्सले पोल्यान्डसँग हार बेहोरेको छैन। तर प्रशिक्षक डिडियर भन्नुहन्छ, “पोल्यान्डको टिममा अहिले अनुभवी खेलाडीको जमात छ। विश्वकै सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एक (रोवर्ट) लेवान्डोस्की हुनुहुन्छ। हामी पोल्यान्डको खेलको गहन अध्ययन गर्दै छौँ। पोल्यान्डलाई कमजोर सम्झेका छैनौँ।”
नेपालमा छ प्रतिशत जनसङ्ख्यामा अति र तीव्र किसिमको अपाङ्गता भएको पाइएको छ । यस्तै २३ प्रतिशतमा मध्यम किसिमको अपाङ्गता रहेको छ । राष्ट्रिय जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भे २०२२ अनुसार त्यस्ता व्यक्ति अपाङ्गताको मार तथा अन्य स्वास्थ्य समस्याबाट पनि पीडित रहेको पाइएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. प्रसन्न नापितले अपाङ्गता भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना तीन गुणा बढी रहने बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकालाई कुपोषित हुने सम्भावना दुई गुणा बढी हुने बताउनुभयो ।
राजनीतिक र बौद्धिक क्षेत्रमा सशक्त रहेर पनि भौतिक पूर्वाधारमा पछि परेको भोजपुरलाई केही वर्ष अघिसम्म विकासमा पछि परेको कर्णाली क्षेत्रसँग तुलना गरिन्थ्यो। त्यही भोजपुर अहिले सडक पूर्वाधारको एउटा सूचकमा पहिलो स्थानमा पुगेको छ। सडक पूर्वाधारले देशका अन्य भागसँग भोजपुर नजोडिएको बेला भोजपुरकै व्यवसायी श्याम श्रेष्ठले २०६५ सालमा भरियालाई बोकाएर ट्याक्टर र नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ म्याक्स ट्याक्सी पु¥याउनुभएको थियो। तत्कालीन ग्रामीण सडक परियोजनाअन्तर्गत सर्वप्रथम भोजपुर–च्यानडाँडा सडक खनिएको थियो। त्यसपछि मात्र लेगुवा–भोजपुर सडकको ट्र्याक खोलिए पनि अरुण नदीमा पुल नहुँदा २०५६ देखि खन्न थालिएको सडक पूरा भएको थिएन। त्यसयता भोजपुरको सडक
अमेरिकामाथि सानदार जित निकाक्दै नेदरल्यान्ड्स फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा शनिबार राति भएको पहिलो प्रिक्वार्टरफाइनल खेलमा नेदरल्यान्ड्सले अमेरिकालाई ३-१ गोलले हरायो ।
नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई स्याङ्जा जिल्लाको क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा जिल्लाको क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ ।
बाजुरा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा नेकपा (एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी हुनुभएको छ ।
बाजुरामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ। बुधबार साँझबाट सुरु भएको मतगणना अहिले पनि जारी छ।
कपिल ज्ञवालीसिद्धार्थनगर, मङ्सिर १७ गते। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्यमा गुल्मी १ बाट निवार्चित डा. चन्द्र भण्डारीले सरकारमा को जाने भन्दा पनि कस्तो विचार बोकेर जाने भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।‘‘सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो विचार बोकेर सरकार बनाउने भन्नेमा हाम्रो जोड रहेको छ’’, उहाँले भन्नुभयो, ‘उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्छ।’उहाँले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बन्ने भए व्यक्तिको चर्चा हुने भए पनि सांसदले चुन्ने भएकाले विचार ठूलो भएको प्रष्ट पार्नुभयो। ‘‘प्रत्यक्ष निवार्चन भएको भए पो व्यक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो। अब जितेका सांसदले प्रधानमन्त्री बनाउने हो। त्यसैले अहिले नै को प्रधानमन्त्री भनेर भन्नु हुँदैन। व्यक्ति भन्दा र योजना ठूलो कुरा हो’’, उहाँले भन्नुभयो। उहाँले पार्टी सभापति र सत्ता गठबन्धनका नेतासँगको छलफलपछि मात्र प्रधानमन्त्रीको टुंगो लाग्नेसमेत प्रष्ट पार्नुभयो। नेता भण्डारीले भन्नुभयो, ‘‘कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होइन। यो विषयमा पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्डजी, माधवजीसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो।’’ नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओलीसँग पनि परामर्श हुने उहाँको भनाइ छ।
स्याङ्जा क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित भएको छ । गुरुङले ५ हजार ९७५ मतले अग्रता लिई रहनुभएको छ । अब गणना गर्न चापाकोट नगरपालिकाको वडा नं. ८, ९ र १० मात्र बाँकी छ । गणना गर्न बाँकी रहेको मत ४ हजार ८७१ रहेको छ ।
दोलखामा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहँदा समानुपातिकतर्फ भने नेकपा (एमाले) ले अग्रता लिएको छ । प्राप्त मत परिणामअनुसार प्रतनिधि सभा समानुपातिकतर्फ १७ हजार ३६८ मत गणना हुँदा एमालेले ६ हजार २८६ मत प्राप्त गरेको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ बस्ने हंसराज लिम्बुका छोरा नवीनकुमार नाल्बोलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोली प्रहार गरी हत्या प्रयासको आरोप लागेको नाल्बोलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।