• १२ असोज २०८१, शनिबार

स्याङ्जा २ मा धनराज गुरुङको जित सुनिश्चित

blog

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर १७ गते । स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यमा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित भएको छ । गुरुङले ५ हजार ९७५ मतले अग्रता लिई रहनुभएको छ । अब गणना गर्न चापाकोट नगरपालिकाको वडा नं ८, ९ र १० मात्र बाँकी छ । गणना गर्न बाँकी रहेको मत ४ हजार ८७१ रहेको छ । 

पछिल्लो नतिजा अनुसार कांग्रेसका धनराजले २९ हजार ५६६ मत ल्याउनु भएको छ भने नेकपा (एमाले) की पद्मा अर्यालले २३ हजार ५९१ मत ल्याउनुभएको छ । यस्तै, प्रदेश (ख) मा पनि कांग्रेसका महेश भट्टराई जितनजिक पुग्नुभएको छ ।

भट्टराईले १७ हजार २१९ मत ल्याउनु भएको छ भने एमालेका बुद्धिमान श्रेष्ठले १४ हजार १२१ मत ल्याउनु भएको छ ।