• १२ असोज २०८१, शनिबार

छ प्रतिशतमा तीव्र किसिमको अपाङ्गता

blog

काठमाडौँ, मङ्सिर १८ गते । नेपालमा छ प्रतिशत जनसङ्ख्यामा अति र तीव्र किसिमको अपाङ्गता भएको पाइएको छ । यस्तै २३ प्रतिशतमा मध्यम किसिमको अपाङ्गता रहेको छ । राष्ट्रिय जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्भे २०२२ अनुसार त्यस्ता व्यक्ति अपाङ्गताको मार तथा अन्य स्वास्थ्य समस्याबाट पनि पीडित रहेको पाइएको हो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. प्रसन्न नापितले अपाङ्गता भएका व्यक्तिलाई मधुमेह हुने सम्भावना तीन गुणा बढी रहने बताउनुभयो । उहाँले अपाङ्गता भएका बालबालिकालाई कुपोषित हुने सम्भावना दुई गुणा बढी हुने बताउनुभयो । 

नेपालमा अपाङ्गता भएका व्यक्तिमध्ये ८० प्रतिशतको पुनः स्थापना सेवामा पहुँच पुग्नै सकेको छैन । यस्तै ६४ दशमलव ८ प्रतिशतको स्वास्थ्य सूचनामा पहुँच हुन सकेको छैन । जनसाङ्ख्यिक सर्भेअनुसार सन् १९९० देखि २०१७ सम्म नसर्ने रोग बढ्दै गएको र औसत आयुसमेत बढेकाले अल्पकालीन र दीर्घकालीन अपाङ्गता बढेको देखाएको छ । सर्भेअनुसार जनसङ्ख्याको उल्लेखनीय वर्गमा अपाङ्गता हुनु र अपाङ्गताकै कारणले स्वास्थ्यका जोखिम पनि बढ्नुले अपाङ्गता विषय जनस्वास्थ्यको दृष्टिले महìवपूर्ण भएको देखाएको छ । तथ्याङ्कअनुसार अपाङ्गता भएका व्यक्तिमध्ये २९ दशमलव २ प्रतिशतको अन्य स्वास्थ्य सेवामा समेत पहुँच नभएको पाइएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले ५० शøयामाथिका अस्पतालमा अपाङ्गता भएका व्यक्तिले सेवा पाउने उद्देश्यसहित फिजियोथेरापीको सुविधा हुने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिका लागि सातवटै प्रदेशमा पुनः स्थापनाको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।