• १२ असोज २०८१, शनिबार

नेतृत्व भनेको उमेर मात्रै होइन विचार पनि हो : डा. भण्डारी

blog

नेपाल प्रेस युनियन रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. चन्द्र भण्डारी। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर, मङ्सिर १७ गते। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्यमा गुल्मी १ बाट निवार्चित डा. चन्द्र भण्डारीले सरकारमा को जाने भन्दा पनि कस्तो विचार बोकेर जाने भन्ने विषय महत्त्वपूर्ण रहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै  उहाँले यस्तो बताउनुभएको हो।

‘‘सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो विचार बोकेर सरकार बनाउने भन्नेमा हाम्रो जोड रहेको छ’’, उहाँले भन्नुभयो, ‘उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्छ।’

उहाँले प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री बन्ने भए व्यक्तिको चर्चा हुने भए पनि सांसदले चुन्ने भएकाले विचार ठूलो भएको प्रष्ट पार्नुभयो। ‘‘प्रत्यक्ष निवार्चन भएको भए पो व्यक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो। अब जितेका सांसदले प्रधानमन्त्री बनाउने हो। त्यसैले अहिले नै को प्रधानमन्त्री भनेर भन्नु हुँदैन। व्यक्ति भन्दा र योजना ठूलो कुरा हो’’, उहाँले भन्नुभयो। 

उहाँले पार्टी सभापति र सत्ता गठबन्धनका नेतासँगको छलफलपछि मात्र प्रधानमन्त्रीको टुंगो लाग्नेसमेत प्रष्ट पार्नुभयो। नेता भण्डारीले भन्नुभयो, ‘‘कसैले इच्छा राख्दैमा प्रधानमन्त्री हुने होइन। यो विषयमा पार्टी सभापति शेरबहादुर देउवा, प्रचण्डजी, माधवजीसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो।’’ नयाँ सरकार गठनका लागि एमाले अध्यक्ष केपी ओलीसँग पनि परामर्श हुने उहाँको भनाइ छ।