• १२ असोज २०८१, शनिबार

दोलखामा समानुपातिकतर्फ एमालेको अग्रता

blog

बाबुराम शर्मा 

दोलखा, मङसिर १७ गते । दोलखामा प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहँदा समानुपातिकतर्फ भने नेकपा (एमाले) ले अग्रता लिएको छ । प्राप्त मत परिणामअनुसार प्रतनिधि सभा समानुपातिकतर्फ १७ हजार ३६८ मत गणना हुँदा एमालेले ६ हजार २८६ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले पाँच हजार ६५५ मतसहित एमालेलाई पछ्याइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) दुई हजार ५४३ मतसहित तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९४१ सहित चौथो स्थानमा रहेको छ । राप्रपाले ६३५ र एकीकृत समाजवादीले ४०२ मत पाएको छ । 

कार्यालयका अनुसार प्रदेश सभा (ख) मा समानुपातिकतर्फ पनि नेकपा एमालेले नौ हजार ९०९ मत ल्याएर अग्रता लिएको छ । कांग्रेसले ६ हजार ७२२ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले पाँच हजार ५६३ मत पाएको छ । राप्रपाको एक हजार ३६९ र नेकपा एकीकृत समाजवादीको ९७१ मत पाएको छ ।