नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले गठबन्धन सरकार टिकाउन जरुरी रहेको बताउनुभएको छ । व्यास नगरपालिका –८ पुलिमराङ, सहिद गाउँमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लैङ्गिक हिंसाबाट बच्न सिकाउने उद्देश्यले शिक्षक शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाविरुद्ध आव्हान: आत्मरक्षाको तालिम हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभागले विद्यालयका शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरेको छ ।
एक निर्वाचन क्षेत्र रहेको दोलखाको प्रदेश (ख) मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार भरतबहादुर केसी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ ।
कतारमा जारी फिफा विश्वकपमा आज राति प्रिक्वार्टरफाइनल खेलमा साबिक विजेता फ्रान्स र पोल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अल थमामा रङ्गशालामा राति ८:४५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाउने अभियानमा छन् ।
मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।
प्रमुख राजनीतिक दलहरूले लुम्बिनी प्रदेशको राजधानी सार्ने कामका लागि हतार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दायाँ मोडिन्छन् । २३ वर्ष अघि ट्र्याक खुलेको यो सडकको स्तरोन्नति गर्न राज्यको प्राथमिकतामा अहिलेसम्म परेको छैन ।
नेपाली शारीरिक सुगठनका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा लगातार नेपाललाई पदक दिलाएको इतिहास छ । प्रज्वल शाक्य पनि अहिले सोही गौरवलाई कायम राख्न दुई सिफ्टमा प्रशिक्षक रुजेश शाहीको निगरानीमा दैनिक सात घण्टा अभ्यास गरिरहनुभएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।
दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४, की माया लुहारको हत्या आरोपित शिवनाथ–४, का सशस्त्र प्रहरी जवानसमेत रहेका भरत कोली पक्राउ गरेका छन् ।
सुनकोसी गाउँपालिका ओखलढुङ्गाले ज्येष्ठ नागरिकलाई जाडोमा हटब्यागको व्यवस्था गरेको छ ।
राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेको छ । बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव भेटिएको छ ।
नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले आज (आइतबार) स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालको स्वास्थ्य क्षेत्रमा अझै विकास हुनुपर्ने बताउनुभएको छ ।