• १२ असोज २०८१, शनिबार

सांसद बास्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु निष्क्रिय

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर १८ गते । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना मन्त्री गोकुलप्रसाद बास्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । 

आइतबार बिहान सांसद बास्कोटाको घर बाहिर फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । सेनाले निष्क्रिय पारेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । 

भक्तपुरको लोकन्थलीस्थित सांसद बास्कोटाको घर बाहिर शङ्कास्पद वस्तु फेला परेपछि बम रहेको आशङ्कामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो । 

एमाले नेता बास्कोटा गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काभ्रेपलान्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी बन्नुभएको थियो ।