जनताका बीचमा जान र एजेण्डा लैजान पाएका छौँ। निर्वाचनमा भाग लिएर जनताबाट अनुमोदित पनि भएका छौँ।
ताप्लेजुङमा आयोजना गरिएको आधारभूत तह अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि क्यु लर्निङ बोर्डिङ स्कुलले जितेको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको उक्त स्कुलले वडा नं. ४ को कञ्चन एकेडेमी माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि जितेको हो ।
नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनगढीमा विधुत सव–स्टेसन बनाउनका लागि सम्भावित स्थानको अवलोकन गर्नुभएको छ । शनिबार र आइतबार उहाँले सम्भावित स्थानको अवलोकन गर्नुभएको हो ।
कमजोर ब्याटिङ गरेको नेपालले नामिबियामा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको दोस्रो खेलमा स्कटल्यान्डलाई जितको लागि एक सय ३८ रनको सहज लक्ष्य दिएको छ ।
ताप्लेजुङस्थित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको अध्यक्षमा पुनः विष्णुकुमार हाङ्बाङ लिम्बू चयन हुनुभएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा सवारीसाधन आवत–जावतमा सहज बनाउन पुरानो बजारमा रहेको जीर्ण अवस्थाको इन्द्रवीर पौवा भत्काइएको छ ।
शारदा नगरपालिकाले ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर निःशुल्क उपचार सुरु गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य पहुँच विस्तार अन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको हो ।
कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ ।
पुथाउत्तरगङ्गा गाउँपालिका –१० स्थित तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा दिन थालिएको छ । गाउँपालिकामा पहिलो पटक शनिबारदेखि तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले प्रहरीको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपुर सहयोग गर्ने बताउनुभएको छ।
नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्र रुकुम पश्चिमले जिल्ला अस्पताल परिसरबाटै सेवा दिन थालेको छ। २०६८ सालमा स्थापना भएको यो केन्द्र सुरुमा जिल्ला अस्पतालमै स्थापना भएर विगत १० वर्षयता भने अस्पताल भन्दा केही टाढा भाडामा लिएको भवनबाट सञ्चालन गरिँदै आएको थियो।
किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६९ औ जन्मोत्सव विभिन्न कार्यक्रमका साथ आइतबार मनाइँदैछ । इलामको माङ्सेबुङमा हुने जन्मोत्सव समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) साहभागी हुने कार्यक्रम छ ।
ताप्लेजुङमा अन्तर विद्यालयस्तरीय नृत्य प्रतियोगितामा फुङ्लिङ नगरपालिका–४ को लिटलबुद्ध आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ। फुङ्लिङ नगरपालिका–४ कै भानुजन माध्यमिक विद्यालयलाई पछि पार्दै लिटलबुद्ध प्रथम भएको हो।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले गठबन्धन सरकार टिकाउन जरुरी रहेको बताउनुभएको छ । व्यास नगरपालिका –८ पुलिमराङ, सहिद गाउँमा मतदातालाई धन्यवाद दिने कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लैङ्गिक हिंसाबाट बच्न सिकाउने उद्देश्यले शिक्षक शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाविरुद्ध आव्हान: आत्मरक्षाको तालिम हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभागले विद्यालयका शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरेको छ ।