• १२ असोज २०८१, शनिबार

‘घामको पर्खाल’ लोकार्पण

blog

बनेपा समाचारदाता 

बनेपा, असोज १२ गते । कवि तथा साहित्यकार सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘घामको पर्खाल’ को लोकार्पण भएको छ । शुक्रबार एक कार्यक्रमबिच साहित्यकार प्राडा गोविन्दराज भट्टराई, प्राडा कुमार कोइराला, साहित्यकार मोहन दुवाल, ध्रुव मधिकर्मी र कवि लाकोजूले संयुक्त रूपमा कवितासङ्ग्रहको लोकार्पण गर्नुभएको हो । 

लाकोजूको कवितासङग्रहभित्र समसामयिक विषय, राजनीतिकप्रतिको वितृष्णा, राजनीतिमा देखिएका विकृति, विसङ्गति, मानवीय स्वार्थ प्रवृत्तिप्रतिको व्यङ्ग्य, देशको माटोप्रतिको मायाप्रेमलाई उजागर गरिएको छ । कार्यक्रममा साहित्यकार तथा समालोचक भट्टराईले लाकोजू साहित्यका क्षेत्रमा उज्यालो प्रकाशका रूपमा उदाउनुभएको बताउनुभयो । उहाँको कविता हेर्दा सरल देखिए पनि कवितासङ्ग्रहभित्र रहेका कविता  गहन रहेको उहाँको भनाइ थियो । 

साहित्यकार मधिकर्मीले लाकोजूको कविताभित्र दार्शनिक चिन्तन, कविताको नयाँ प्रयोग, थोरै शब्दमा पनि धेरै कुरा बोल्न विषय समावेश गरेको बताउनुभयो ।