• १२ असोज २०८१, शनिबार

कीर्तिपुरमा मुद्रा प्रदर्शनी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १२ गते । कीर्तिपुर पर्यटक सूचना तथा सेवा केन्द्रमा मुद्रा प्रदर्शनी सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीको शुक्रबार कीर्तिपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले उद्घाटन गर्नुभयो । विश्व पर्यटन दिवसका अवसरमा नेपाल मुद्रा सङ्कलक सङ्घको सहकार्यमा प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा लिच्छविकाल, मल्लकाल, शाहकालदेखि हालसम्मका विभिन्न सिक्का, नेपालको हालसम्म निस्कासित कागजी मुद्रा, विश्वमा निष्कासित सम्पूर्ण देशका पोलिमर नोट, विश्वमा निष्कासित विभिन्न अङ्कित मूल्य नोट, लिच्छविकालका छपाइ बिग्रेका सिक्का, छपाइ बिग्रेका नोट, बेलायती महारानी एलिजाबेथ द्वितीयको चित्र अङ्कित विश्वका सिक्का, सार्क राष्ट्रका मुद्रालगायत राखिएका छन् । प्रदर्शनीमा १८ जना कलाकारको सङ्कलित मुद्रा राखिएको छ ।