• १२ असोज २०८१, शनिबार

ज्येष्ठ नागरिकलाई जाडोमा हटब्यागको व्यवस्था

blog

शेरबहादुर राई

ओखलढुङ्गा, मङ्सिर १८ गते । सुनकोसी गाउँपालिका ओखलढुङ्गाले ज्येष्ठ नागरिकलाई जाडोमा हटब्यागको व्यवस्था गरेको छ ।

पालिकाका सम्पूर्ण वडाका ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई पालिकाले हटब्यागको व्यवस्था गरिएको हो ।

जाडो तथा चिसोबाट जोगाउन हटब्यागको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष कमल तामाङले बताउनुभयो । 

हटब्यागसँगै हिँडडुल गर्न सजिलोका लागि लौरो समेत वितरण गरिएको पालिका अध्यक्ष तामाङको भनाइ छ ।

यसका साथै पालिकामा रहेको ४० वटा सामुदायिक विद्यालयका बालकक्षादेखि कक्षा पाँचसम्मका बालबालिकालाई विद्यालयमा खाजा बोक्न टिफिनक्यारीको व्यवस्था गरिएको सुनकोसी गाउँपालिकाले जनाएको छ ।