सत्तारूढ गठबन्धनको बैठक भोलि सोमबार बस्ने भएको छ । यस बैठकमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल हुने छ ।
मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल पार्ने काम गरिरहेको भन्दै त्यस्ता अमानवीय, गैरसंवैधानिक र गैरकानूनी कार्य नगर्नरनगराउन सबैलाई सचेत गराएको छ।
नेपाली कांग्रेसका नेता तथा नव निर्वाचित प्रतिनिधि सभा सदस्य धनराज गुरुङले निष्ठाको राजनीतिको सम्मान भएको बताउनुभएको छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले सम्मानपूर्वक बाँच्न पाउने माग गर्नुभएको छ । कपिलवस्तुको तौलिहवामा यौनिक तथा लैङ्गिक अन्तरक्रिया कार्यक्रममा उहाँहरूले सो माग गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका विभिन्न शाखामा तालाबन्दीका साथै विद्यार्थीले उपकुलपति यादवप्रसाद लामिछानेको आवासगृहमा तोडफोड गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ सप्तरी शाखाका संस्थापक तथा मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईलाई जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका नेता तथा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
काठमाडौं, मङ्सिर १८ गते। निर्वाचन आयोगले पूर्ण रुपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ। आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानुनले स्पष्ट रुपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पार्नुभयो। उहाँले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताउनुभयो। उहाँले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतको टुंगो लागिसकेपछि मतको हिसाब गरेर दललाई पत्र लेख्ने र दलले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने प्रष्ट पार्नुभएको छ। सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताउनुभयो। उहाँले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताउनुभयो। सहायक प्रवक्ता अर्यालले आयोगको योजना अनुसार निर्वाचन नसकिँदा निर्वाचन मत परिणाम आउन केही ढिला भएको बताउनुभयो।
प्रेस काउन्सिल नेपालले सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई सूचीकरण अद्यावधिक गराउन म्याद तोकेको छ ।
आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५ औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो ।
देशभरका डिपोमा ४२ हजार ९०० मेट्रिकटन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।
लमजुङमा करिब पाँच महिनाको अवधिमा लैङ्गिक हिंसासम्बन्धी ९ वटा अपराधका घटना घटेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि हालसम्म ९ वटा उजुरी परेको हो ।
अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरूप पाउनुभएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ । चार मिनेट ३५ सेकेण्ड लामो गीतको भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहारस्वरूप दिनुभएको हो ।
नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ ।
रुपन्देही सदरमुकाम भैरहवामा आइतबारदेखि स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन खेलमा एभरेष्ट बोर्डिङ स्कुल बुटवलले साइग्लोबल एकेडेमीलाई ९ विकेटले हरायो ।