• १२ असोज २०८१, शनिबार

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

blog

काठमाडाैं, मंसिर १८ गते । दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौँ डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण नवौं डफ्फाको पहिलो टोलीका २१३ जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।

साे टोली प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा इथाेपियन एयरल्याइन्समार्फत् काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा शान्ति स्थापना कार्यमा खटिरहेका छन् ।

साथै, उक्त मिसनमा तैनाथ श्री चन्दननाथ गण आठौँ डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरू सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा मङ्सिर १७ गते सोही विमानबाट स्वदेश फर्केका छन्।