गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित छन् । जिल्ला अस्पताल गुल्मीका अनुसार रेसुङ्गा नगरपालिकामा ३५ जना, मुसिकोट नगरपालिकामा ३९ जना, गुल्मी दरबार गाउँपालिकामा २४ जना, छत्र कोट गाउँपालिकामा ४५ जना, रुरु क्षेत्र गाउँपालिकामा ३७ जना, चन्द्रकोट गाउँपालिकामा १९ जना, काली गण्डकी गाउँपालिकामा ४ जना, सत्यवती गाउँपालिकामा ५९ जना, मालिका गाउँपालिकामा १९, इस्मा गाउँपालिकामा १९ जना, धुर्कोट गाउँपालिकामा २६ जना एचआइभी/एड्स सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य सेवाको पहुँच सबै नागरिकसम्म पु-याई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको छ। ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु-याई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने बताउनुभयो।
बत्तीको चकमन्न रङ्गीबिरङ्गी धर्काहरूले आकाश र भुइँ सबैतिर तिरिमिरी उज्यालो देखाइरहेका बेला मञ्चमा चढ्नुभएका गायक अमृत गुरुङले गाउन सुरु गर्नुभयो । पहिलो पटक चितवनको क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो, जहाँ नेपथ्यको चौथो प्रस्तुति थियो । करिब डेढ दशक पुरानो गीतबाट सुरु गरेको ब्यान्डले दोस्रो गीत भने झन्डै तीन दशक पुरानो सुनाएको थियो । गीत थियो ‘छेक्यो छेक्यो देउराली डाँडा...’ । नेपथ्यको सर्वकालिक हिट यो गीत ब्यान्डको दोस्रो एल्बम ‘हिमाल चुचुरे...’मा अटाएको थियो । यसपछि नेपथ्यको पुरानै गीतहरू ‘चरी म¥यो...’ र
पुर्ख्यौली नृत्य मगर समुदायमा लोकप्रिय छ । पुख्र्यौलीलाई उनीहरू पहिचानका रूपमा लिने गर्छन् । पुर्खाहरूले संरक्षण गरेको कलासंस्कृति र पहिचानलाई जोगाउन युवा पुस्ताले चासो राख्न थालेका छन् । मगर समुदायमा निकै लोकप्रिय रहेको पुख्र्यौली नाचलाई जोगाउन पाका पुस्तासँग युवाले सिक्न थालेका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले सहकारी क्षेत्रका समस्या समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने बताउनुभएको छ । सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासङ्घले गठन गरेको समस्या पहिचान तथा सहजीकरण उपसमितिको आयोजनामा आइतबार महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क र नेफ्स्कुनका सल्लाहकारको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुभएको हो । छलफलमा महासङ्घका सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाणले आर्थिक नीति र गतिविधिले मुलुकको सबै क्षेत्र प्रभावित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताउनुभयो ।
विराटनगर भन्सार कार्यालयले अवैध चोरी पैठारी नियन्त्रणमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरेको छ । विराटनगर महानगरपालिकाका दरैया, मटेर्वा, इस्लामपुर नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि भन्सार कार्यालयले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिसँग सहयोग मागेको हो । सीमा क्षेत्रबाट हुने अवैध चोरी पैठारीमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्ति प्रयोग हुने गरिएका छन् । विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाका अनुसार आइतबार राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा सीमा क्षेत्रसँग जोडिएका विराटनगर महानगरपालिका वडा नं. १५, १६, १७ र १८ का वडाध्यक्षसँग सुझाव र राय माग्दै सहयोग खोजिएको हो ।
किलियन एमबापेको आफ्ना नजिकका मित्र असरफ हकिमीसँग पुनः विश्वकपमा भेट हुनेभएको छ। यद्यपि यो भेट गत हप्ता भेटेको जस्तो सौहार्दपूर्ण हुने छैन। गत हप्ता एमबापे आफ्ना साथी हकिमीलाई भेट्न मोरक्को टिम रहेको होटलमा पुग्नुभएको थियो। एमबापेको पुनः बुधबार हकिमीसँग भेट हुनेछ तर यस पटकको भेटमा दुवैको भावना फरक हुनेछ। विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न यी दुई साथी मैदानमा एकअर्काविरुद्ध भिड्दा प्रतिस्पर्धीका रूपमा प्रस्तुत हुनेछन्।
पोर्चुगलका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्नो विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्ने सपना समाप्त भएको बताउनुभएको छ। ३७ वर्षीय रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासबारे भने बोल्नुभएन। विश्वकपको क्वाटरफाइनलमा शनिबार पोर्चुगल अफ्रिकी टिम मोरक्कोसँग १–० ले पराजित भएपछि रोनाल्डोले आँसु झार्दै मैदान छोड्नुभएको थियो। त्यसपछि रोनाल्डोको फुटबल जीवन सकिएको हो ? भन्ने बहस चलिरहेको छ।
जिल्लाको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो ।
नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रको विद्युत् संरचना विस्तार गर्ने भएको छ । नेपालगञ्ज र कोहलपुर तथा आसपासका क्षेत्रको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन प्रसारण र वितरण प्रणालीका पूर्वाधारको सञ्जाल निर्माण गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सो क्षेत्रमा सन् २०५० सम्म आठ सय मेगावाटसम्म लोड आपूर्ति गर्नुपर्ने आकलनसहित ४००, २२० र १३२ केभीका उच्च क्षमताका प्रसारण लाइन र सबस्टेसनको निर्माण गरिने जनाएको हो ।
भरतपुर महानगरपालिकाभित्र निर्माणाधीन आधा दर्जन आयोजनालाई समयमै काम पूरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मुख्य सडक खण्डहरूको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पूरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । आइतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिनुुभयो ।
औद्योगिक क्षेत्रको भाडा वृद्धिको विरोधमा उद्योगी व्यवसायी उत्रेका छन् । औद्योगिक क्षेत्रको भाडा वृद्धि नियमसङ्गत नभएको बताउँदै बढाइएको भाडा तत्काल फिर्ता गर्नुुपर्ने मागसहित उद्योगी व्यवसायी विरोधमा उत्रेका हुन् । कल्याण तथा सुुरक्षा समिति, पाटन औद्योगिक क्षेत्रले सोमबार पत्रकार सम्मेलन गरेर बढेको भाडा तत्काल फिर्ता गर्नुुपर्ने माग गरेको हो । समितिका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कानुनविपरीत औद्योगिक क्षेत्रमा आठ गुणासम्म भाडा वृद्धि गर्दा उद्योगी व्यवसायी मारमा परेको बताउनुुभयो ।
नेपाल विद्युत् प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स)को डे अहेड मार्केटबाट विद्युत् खरिद गर्न सुरु गरेको छ । करिब दुई हजार दुई सय मेगावाट जडित क्षमता र उच्चतम माग (पिक डिमान्ड) करिब एक हजार छ सय मेगावाट रहे पनि प्राधिकरणले व्यावसायिक लाभ हेर्दै आयात सुरु गरेको हो । यही रणनीतिअनुसार मङ्सिर २१ देखि आयात थालेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । प्राधिकरणले सस्तो हुने समयमा भारतबाट आयात गरी पानी जोगाउने र महँगो पर्ने समयमा भारत निर्यात गर्ने गरी लाभ सुरक्षित गरिरहेको भट्टराईले स्पष्ट पार्नुभयो ।
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन हुने बागमती प्रदेश सभाको दोस्रो कार्यकालको अधिवेशनका लागि आन्तरिक तयारी तीव्र बनाइएको छ । बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभा गठनपछि दोस्रो प्रदेश सभाको दोस्रो कार्यकालको अधिवेशनका आवश्यक भौतिक संरचनाको निर्माण, प्रदेश सभा सचिवालयको व्यवस्थापन, प्रदेश सभा भवन र हलको रङरोगन गरी प्रदेश सभा भवनलाई चिटिक्क बनाउनेलगायतका तयारी गरिरहेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका वाड नं ९ रिजाल डाँडाबाट सोमबार देखिएको काठमाडौं वरपरका हिम शृङ्खला ।