• १२ असोज २०८१, शनिबार

सहकारीका समस्या समाधान गर्न संवेदनशील हुनुपर्ने

blog

काठमाडौँ, मङ्सिर २७ गते । गृहमन्त्री बालकृष्ण खाणले सहकारी क्षेत्रका समस्या समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने बताउनुभएको छ । 

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासङ्घले गठन गरेको समस्या पहिचान तथा सहजीकरण उपसमितिको आयोजनामा आइतबार महासङ्घ, राष्ट्रिय सहकारी बैङ्क र नेफ्स्कुनका सल्लाहकारको संयुक्त बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

छलफलमा महासङ्घका सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाणले आर्थिक नीति र गतिविधिले मुलुकको सबै क्षेत्र प्रभावित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सहकारी क्षेत्र तल्ला तहसम्म पुग्ने क्षेत्र भएकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न मेरोतर्फबाट सहयोग रहन्छ ।” 

उहाँले निर्वाचनपछि बसेको मन्त्रिपरिषद्को बैठकमा समेत पछिल्लो अर्थतन्त्रमा देखिएको समस्याको विषयमा गम्भीर छलफल भएको बताउनुभयो । उहाँले अर्थमन्त्री र विभागीय मन्त्रीलाई समेत यसको पूर्ण जानकारी गराउन आवश्यक रहेको र त्यसका लागि आफ्नोसमेत योगदान रहने बताउनुभयो ।