ललितपुर महालक्ष्मी नगरपालिका वाड नं ९ रिजाल डाँडाबाट सोमबार देखिएको काठमाडौं वरपरका हिम शृङ्खला ।
राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन चाहेकाले ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश,२०७९’ ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको स्पष्ट पारेको छ ।
जन्मदिन मनाउने चलन भड्किलो बन्दैगएका बखत पाँचथरका एक जना सर्वसाधारणले छोराको जन्मोत्सवको अवसरमा ६० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नुभएको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –२ सान्थाक्रामा प्रसुति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याइएको छ । सान्थाक्रा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण सम्पन्न भएसँगै प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका –२, बेल्हीमा जग्गाको विवादमा कुटपीट हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो भएको घटनामा ७० वर्षीया सागर देवीको मृत्यु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा नौं जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको छेडागाड नगरपालिका–४ र ५ को दशेरादेखि वडावन जाँदै गरेको अवस्थामा आज सोमबार साँझ भिरपाटी नजिक ०२-००१ च ४२९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाको आफ्नै प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका स्थापना भएको करिब नौ वर्षपछि आफ्नै प्रशासकीय भवन निर्माण भएको हो ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मुलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उहाँका श्रीमती निरमायाँ आलेमगर आफ्नै घरमा मृत भेटिनुभएको हो ।
नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्न अध्यादेश ल्याउन लागिएको बताउनु भएको छ ।
मेलम्ची खानेपानी आयोजनाले वितरण गरेको पानीको चाप बढेपछि काठमाडौंको लैनचौर क्षेत्रमा पानीको पाइप फुटेर सडक जलमग्न भएको छ ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक चक १६.९५ अङ्कले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ ।
कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणको सङ्घर्ष प्रस्तुत गरिएको वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फमा आज प्रदर्शन गरिएको छ ।
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।