• १२ असोज २०८१, शनिबार

रामधुनीको सार्वजनिक सुनुवाइ : विकास आयोजनामा जोड दिन सुझाव

blog

जयकृष्ण यादव

इनरुवा, मङ्सिर २६ गते । सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को प्रथम चौमासिक प्रगति विवरणसहित सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्नेगरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाले चौमासिकमा सम्पन्न गरिएका योजना, नीति, कार्यक्रम तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्न सार्वजनिक सुनुवाइ गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले बताउनुभयो ।

नगरपालिकाका प्रमुख शंकरलाल चौधरीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा पालिकाका उपप्रमुख तारा थापा, नगरपालिकास्थित सुरक्षा निकाएका प्रमुखहरू, वडाध्यक्ष सहितका जनप्रतिनिधि तथा सरोकारवाला, स्थानीयहरूको उपस्थिति थियो ।

नगरपालिकाको आयोजनामा तथा शुभ युग मिडिया प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको आयोजक शिशिर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमका सहभागीले नगरपालिकाको विकासका लागि सानाभन्दा ठूला योजनामा केन्द्रित भएर लाग्न सुझाव दिएका छन् ।