• १२ असोज २०८१, शनिबार

जाजरकोटमा जिप दुर्घटना : ९ जनाको मृत्यु, तीन घाइते

blog

दुर्घटनामा परेको जिप । तस्बिर : सहदेव बस्नेत

सहदेव बस्नेत/वासुदेव शर्मा

जाजरकोट, मङ्सिर २६ गते । जाजरकोटमा जिप दुर्घटना हुँदा नौं जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको छेडागाड नगरपालिका–४ र ५ को दशेरादेखि वडावन जाँदै गरेको अवस्थामा आज सोमबार साँझ ४ बजेर १० मिनेटमा  भिरपाटी नजिक ०२-००१ च ४२९ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी अन्जनकुमार न्यौपानेले जिप दुर्घटनामा परेको खबरलगत्तै प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको बताउनुभयो । हालसम्म नौ जनाको मृत्यु भएको र ३ जना घाइते भएको खबर आएको उहाँले जानकारी दिनुभयो । 

मृतक सबैको सनाखत

प्रहरी प्रमुख डिएसपी सन्तोषकुमार निरौलाले मृतक सबैको सनाखत भएको बताउनुभयो । उहाँका अनुसार दुर्घटनामापरी मृत्यु हुनेहरुमा छेडागाड नगरपालिका –५ का २८ वर्षीय दिपक अधिकारी, २६ वर्षीया नैनसरा अधिकारी, ३५ वर्षीय जयकुँरा वुढा, रामवहादुर बुढा, बीरवहादुर खत्री रहेका छन् ।

त्यस्तै छेडागाड –६ का  बीरवहादुर खत्री, भगवतिमाइ गाउँपालिका –३ का अमरवहादुर खड्का, भगवतिमाइ गाउँपालीका –२ रुमा दैलेखका मानवहादुर रावत, र भगवतिमाइ गाउँपालिका –३ ढाडकुलाका बीरेन्द्र केसी रहनुभएको छ   

यसैगरी दुर्घटनामा घाइते भएका अमरवहादुर अधिकारी, छेडा –५, का जैभान अधिकारी र निशा अधिकारी रहनुभएको छ । उहाँहरुको उपचारका लागि अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धार टोली खटेकाले विस्तृत विवरण आउन केही समय लाग्ने उद्धारमा संलग्न प्रहरी सहायक निरीक्षक पदमराज भट्टले बताउनुभयो ।