• १२ असोज २०८१, शनिबार

मन्त्रिपरिषद् बैठकका निर्णय

मुलुकी फौजदारी कार्यविधि संशोधन गर्न अध्यादेश ल्याइने

blog

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । तस्बिर : सञ्चार मन्त्रालय

काठमाडौं, मङ्सिर २६ गते । सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता  (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर २५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सो जानकारी दिनुभएको हो ।

त्यस्तै, सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लष्टर) तर्फका सचिव सुरेश आचार्यलाई सहकारी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव राम आधार साहलाई नेपाल इन्जिनियरिङ सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । साथै, बैठकले अन्य सात वटा निर्णय गरेको छ ।