• १२ असोज २०८१, शनिबार

लैनचौरमा मेलम्चीको पाइप फुट्यो, सडक जलमग्न

blog

मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौंको लैनचौरका सडक जलमग्न । तस्बिर : सुजन गुरुङ

काठमाडौं, मङ्सिर २६ गते । मेलम्ची खानेपानी आयोजनाले वितरण गरेको पानीको चाप बढेपछि काठमाडौंको लैनचौर क्षेत्रमा पानीको पाइप फुटेर सडक जलमग्न भएको छ ।

लैनचौरको ब्याङकेट भवन अगाडि मूल सडकमा विच्छ्याइएको आयोजनाको पाइप फुट्दा सडक जलमग्न भएको हो । यसले गर्दा सडक भत्किनुका साथै सडकमा पानीको भल बगेको स्थानीयवासीले गुनासो गरेका छन् ।


खानेपानीको पाइपबाट पानी चुहावट हुँदा सडक जलमग्न हुनुको साथै पैदल यात्रु र सवारी आवागमन प्रभावित भएको छ ।  त्रिपुरेश्वर, नागस्थान, पुरानो बसपार्क, जमल, केशरमहल, खानिविभाग, टुकुचा, संग्राहलय दक्षिणगेट र लैनचौर चोकमा सवारी साधन जाममा परेका छन् ।

यस्तै, सवारी साधनको सङ्ख्या बढेका कारण थापाथली, भद्रकाली, सिंहदरबार, टेकु, ग्वार्को, सातदोबाटो, कोटेश्वर चोकमा पनि सवारी साधन लाममा चलिरहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।


ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण भइरहेका कारणले गर्दा आज (सोमबार) पनि बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्र्याकबाट चलाइएको छ ।

उक्त स्थानको ट्राफिक व्यवस्थापन सहज बनाउन ट्राफिक प्रहरीले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।