• ७ वैशाख २०८२, आइतबार

सुनचाँदीको मूल्य स्थिर

blog

काठमाडौँ,  वैशाख ७ गते ।  नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । आज पनि शुक्रबार जस्तै सुन प्रतितोला एक लाख ९० हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 यस्तै, चाँदी एक हजार ९६० कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस