पाल्पामा दुई जनाको बेवारिसे अवस्थामा शव फेला परेको छ । बगनासकाली–३ मा पहिचान नखुलेको पुरुषको र रिब्दीकोट–१, मा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
‘एक कदम अगाडि, दुई कदम पछाडि’ कम्युनिस्ट पार्टीको दर्शनभित्रको रणनीतिक योजनाको रूपमा रहेको यो भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । निर्वाचनमा जानुअघिसम्म पानी बाराबारको स्थितिमा रहेका नेपालका कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई ‘आइस ब्रेक’ गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएसंँगै मिलेर जान सकिने कुरामा सोच्नका लागि दिनुभएको समय अवसरका रूपमा लिन सकिन्छ । अहिलेसम्मको निर्वाचन परिणामलाई विश्लेषण गर्दा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो स्थानमा आउने स्थिति देखिएको छ ।
दुई दशकभन्दा बढी समय ओझेलमा पारिएका मलेसियाका वरिष्ठ विपक्षी नेता अनवर इब्राहिम देशको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि ठूलो दलको नेताका रूपमा उहाँलाई राजा सुल्तान अब्दुल्लाहले प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । इब्राहिम र पूर्वप्रधानमन्त्री मुहिद्दिन यासिन दुवैका दलले चुनावमा बहुमत ल्याउन नसकेको अवस्थामा उहाँले कुन दलसँग सहकार्य गर्नु हुने होे अझै स्पष्ट भइसकेको छैन ।
पूर्वीचौकी गाउँपालिका ६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । ६५ वर्षीय जोशीको हृदयाघातका कारण निधन भएको हो ।
सङ्घीय संसद् र प्रदेश संसद्को निर्वाचन सम्पन्न भएको छ । अन्तिम नतिजा आउन बाँकी छ । नेपाली कांग्रेस पहिलो र एमालेले दोस्रो दलका रूपमा जनादेश प्राप्त गरेका छन् । यस पटकको निर्वाचनमा मतदातालाई राजनीतिक दलहरूले खासै प्रभाव पार्न सकेनन् । आआफ्ना दलका क्याडरसमेतलाई दलहरूले पूर्ण रूपमा समेट्न सकेनन् । छिटपुट घटनाबाहेक निर्वाचन भने शान्तिपूर्ण सम्पन्न भएको मान्नुपर्छ । निर्वाचनले निर्वाचित प्रतिनिधिलाई स्पष्ट आदेश दिएका छन् । मतादेशविपरीत दलहरू परिचालित भएमा दलका लागि प्रत्युत्पादक हुनेमा सन्देह रहँदैन ।
नेपाल उद्योग परिसङ्घले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अर्थतन्त्रका विद्यमान समस्या सम्बोधन गर्न नेपाल राष्ट्र बैङ्क चुकेको जनाएको छ । वाणिज्य बैङ्कको औसत ब्याजदर अन्तर ४.४ बाट ४ प्रतिशत तथा विकास बैङ्क र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्ने, भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पु¥याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिने भने पनि यसले मात्रै उद्योगी व्यवसायीको समस्या समाधान नहुने परिसङ्घले जनाएको हो । ‘यसको ठोस कदमको अभावमा उद्योगी व्यवसायीको समस्या समाधान गर्न मौद्रिक नीतिको समीक्षा चुकेको छ,’ परिसङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मङ्सिर २२ देखि काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) को २०औँ संस्करण सुरु हुने भएको छ ।
बैतडीमा घाँटी काटिएको अवस्थामा मृत फेला परेकी २१ वर्षीया माया लुहार भर्खरै सम्पन्न निर्वाचनमा म्यादी प्रहरी रहेको खुलेको छ । घटनामा १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेको थियो ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा छैटौँ दिन श्रीलङ्का र भारतका नाटक मञ्चन भएका छन् । भारत र श्रीलङ्काका दुई नाटक र पल्पसा क्याफे नाटकको पुस्तक विमोचन र साङ्गीतिक प्रस्तुतिसहित नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट (२०२२) छैटौँ दिनको कार्यक्रम आयोजना भएको छ ।
एसियाली टोली अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘डी’ अन्तर्गत अल जानोब स्टेडियममा बुधबार राति भएको समूहको अन्तिम खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १-० गोलले हरायो ।
वैदेशिक रोजगारीमा पोर्चुगल र अमेरिका पठाइदिने भन्दै लाखौँ रुपियाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जर्मनीविरुद्ध अन्तिम समयमा गोल बेहोरेर जितबाट वञ्चित भएको स्पेनलाई विश्वकप फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न बिहीबार जापानविरुद्धको खेलमा केही मिहिनेत गर्न बाँकी भएको छ। जर्मनीविरुद्धको जितले स्पेनलाई जापानविरुद्धको खेल अगाडि नै प्रिक्वाटरफाइनलमा पु¥याउने थियो। तर जर्मनीका स्थानापन्न खेलाडी निक्लस फ्युलक्रुगले सात मिनेट बाँकी छँदा गोल गरेपछि स्पेनको पर्खाइ लम्बिएको हो। समूह ‘ई’अन्तर्गत सोही समयमा हुने जर्मनी र कोस्टाविरुद्धको नतिजा आफूअनुकूल आएमा जापानसँग हारेपछि स्पेन प्रिक्वाटरफाइनलमा पुग्ने स्थिति छ।
सन् १९८६ पछि मोरोक्को पहिलो पटक विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणको नजिक रहेको छ। मोरोक्कोले आफ्नो समूहको अन्तिम खेलमा क्यानडाविरुद्ध खेल्दै छ। विश्वकप छनोटमा आफ्नो क्षेत्रमा मेक्सिको र अमेरिकाभन्दा पनि अगाडि रहेर कतार आएको क्यानडाले यस विश्वकपमा सो लयलाई भने दोहो¥याउन सकेन। क्यानडा सुरुका दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेको छ। यद्यपि उसले अन्तिम खेलमा जित हासिल गरेर मोरोक्कोको प्रिक्वाटरफाइनलमा पुग्ने अभियान चकनाचुर पार्न सक्छ। आगामी संस्करण क्यानडाले अमेरिका र मेक्सिकोसँग संयुक्त रूपमा आयोजना गर्दै छ। त्यसैले पनि क्यानडा जितसहित अर्को संस्करणमा खेल्ने दाउमा रहेको छ।
सिन्धुलीको मरिण गाउँपालिका–३, चनौटेनिवासी विमला तामाङलाई अहिले आफ्नो घरको चुलोमै खानेपानी पुगेको महसुस हुन थालेको छ। खानेपानीका लागि निकै सास्ती खेप्दै आएका चनौटेको घर–घरका धारामा यसै साता खानेपानी झरेपछि वर्षौंदेखिको खानेपानी अभाव हटेको छ। उपभोक्ता तामाङले भन्नुभयो, “गाउँमा लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएसँगै हामीले खानेपानी समस्याबाट मुक्ति पाएका छौँ। नभए खानेपानी खोज्दै बिहानभरि बित्थ्यो। अहिले घरको चुलोमै खानेपानी पुगेजत्तिकै मात्र भएको छैन, वर्षौंदेखिको खानेपानीको प्यास मेटिएको छ।”
हेटौँडा, मङ्सिर १५ गते । गत आइतबार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको निर्वाचन परिणाम अन्तिम चरणमा पुग्दा प्रतिनिधि सभामा यस प्रदेशबाट प्रत्यक्षतर्फ ठूला राजनीतिक दलबाट निर्वाचित महिला जनप्रतिनिधिको सङ्ख्या शून्य रहेको छ। १३ वटा जिल्ला रहेको यस प्रदेशको ३३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये ३२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित प्रणालीतर्फ ठूला दलका महिला उम्मेदवार निर्वाचित हुन सकेनन्।एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा मतदानमा धाँधली भएको उजुरीपछि निर्वाचन आयोगले बिहीबार मतदान गर्ने निर्णय गरेको छ। तर सात जना स्वतन्त्र र १४ दलका गरी २१ जना प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेको दोलखा जिल्लामा महिला उम्मेदवार नै छैनन्। स्वतन्त्र २८ र विभिन्न दलका गरी ७४ जना पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि यस प्रदेशबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार रहेका थिए। प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएकामध्ये नयाँ स्थापना भएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना महिला उम्मेदवार प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ।सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको भागबण्डामा नपरेपछि काठमाडौँ निर्वाचन क्षेत्र १० बाट अञ्जना बिशङ्खेले मित्रवत् प्रतिस्पर्धा गर्नुभएको सो क्षेत्रमा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको थियो।प्रत्यक्षतर्फ २०७४ सालको निर्वाचनमा यस प्रदेशबाट माओवादी केन्द्रका पम्फा भुसाल एक जना मात्र प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदै मन्त्री बन्नुभएकोमा यो पटक उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीसँग पराजित हुनुभएको छ। यस प्रदेशमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट दुई जना निर्वाचित भएकोमा कार्कीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकै सोबिता गौतम काठमाडौँ क्षेत्र नं. २ बाट एमालेका मणिराम फुयाल र प्रतिनिधि सभाका पूर्वसभामुख ओनसरी घर्तीलाई पराजित गर्दै विजयी बन्नुभएको हो। कांग्रेसले यस प्रदेशमा एक जना मात्र महिला उम्मेदवार मकवानपुरको क्षेत्र नं. १ बाट सहमहामन्त्री महालक्ष्मी उपाध्यायलाई बनाएकोमा उहाँ राप्रपाका दीपकबहादुर सिंहसँग पराजित हुनुभएको छ। यसै क्षेत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बन्नुभएकोमा पराजित हुनुभएको थियो। माओवादी केन्द्रबाट काठमाडौँ क्षेत्र नं. ७ मा उम्मेदवार हुनुभएका मानुषी यमी भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीसँग र काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिस्पर्धा गर्नुभएका कल्पना धमला एमालेका कृष्णगोपाल श्रेष्ठबाट पराजित हुनुभएको छ।प्रतिनिधि सभा सदस्यका लागि देशभरमै सबैभन्दा बढी महिला उम्मेदवार काठमाडौँ प्रतिनिधि सभा क्षेत्र नं. १ र भक्तपुर क्षेत्र नं. २ मा रहेका थिए। काठमाडौँ १ मा कुल ३२ उम्मेदवारमा १० जना महिलाले र भक्तपुर २ मा २६ जनामा छ जना महिलाले प्रतिनिधि सभा सदस्यमा चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो। यस प्रदेशको मकवानपुरका प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङ क्षेत्र नं. १, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ र दोलखा जिल्लामा प्रतिनिधि सभा सदस्यमा महिला उम्मेदवार थिएनन्।