ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। शुक्रबार बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।
कतारमा जारी विश्वकपमा प्रिक्वार्टरफाइनल खेलअघि स्पेनका प्रशिक्षक लुईस एनरिकले खेल टाइब्रेकरमा पुगे आफ्नो टोलीलाई कुनै समस्या नहुने बताउनुभएको थियो ।
आन्तरिक पर्यटकको गन्तव्यको रूपमा रहेको ज्यामिरे दहमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । घोराही उपमहानगरपालिका –१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दैगएको हो । सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्नेगरेका छन् ।
इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भाएको छ ।
एसीयाली राष्ट्रहरुको ग्रामीण क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भारतको कलकत्तामा आजबाट सुन्तला महोत्सव शुरु भएको छ । ग्रामीण क्षेत्रको पर्यटनलाई माथि उकास्न भारत पश्चिम बंगालको राजधानी कलकत्तामा आयोजना गरिएको महोत्सवमा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट पर्यटन ब्यवसायी कलकत्ता पुग्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउनु भएको छ ।
नेपालकी सिर्जना घिसिङले साउदी अरबमा आयोजना भएको विश्वक पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा स्वर्ण पदक जित्नुभएको छ । रियादमा बिहीबार राति भएको फाइनलमा सिर्जनाले ५२ केजी तौल समूह मुनि के–४४ स्पर्धामा स्वर्ण जित्नुभएको हो ।
आवत–जावतमा समस्या हुनेगरी फुटपाथ अतिक्रमण भएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले अतिक्रमण गर्नेलाई हटाउन सुरु गरेको छ । सडक फुटपाथ अतिक्रमण बढेको र यसले सर्वसाधारणलाई आवत–जावतमा समस्या पर्नुका साथै सहरको सौन्दर्यता समेत धुमिल बनाएकाले हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको उत्तिकै प्रतिबद्धता र सक्रियता आवश्यक पर्ने उल्लेख गर्नुभएको छ ।
नेकपा (एमाले) को शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठक तत्काललाई स्थगित भएको जानकारी दिनुभयो ।
रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको १२ सय मात्र प्राप्त भएको बताउनुभयो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा समानुपातिक सांसद चयनका विषयमा मुख्य छलफल हुने जानकारी दिनुभयो ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भए पनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिबद्धता जनाउनुभएको छ ।
निजी क्षेत्रको छाता सङ्गठन म्याग्दीको उद्योग वाणिज्य सङ्घको आयोजनामा बेनीमा आगामी पौषको अन्तिम सातादेखि सातौँ म्याग्दी महोत्सवको आयोजना गरिने भएको छ । जिल्लाको पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणका लागि महोत्सव आयोजना गर्न लागिएको हो । कोरोनाका कारण थला परेको आर्थिक क्षेत्रलाई महोत्सवले राहत मिल्ने अपेक्षा आयोजकले राखेका छन् ।