• ११ असोज २०८१, शुक्रबार

इबोला परीक्षण खोपको १२ सय मात्रा प्राप्त

blog

इनतेबी, युगान्डा, मङ्सिर २३ गते । दक्षिणमा रहेको सरकारी स्वामित्वको ‘नेशनल मेडिकल स्टोर’मा आयोजित कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट परीक्षण खोपको १२ सय मात्र प्राप्त भएको बताउनुभयो ।

मन्त्रीले इबोलाको प्रकोप घट्दै गएको समयमा खोप आएको भएपनि थप प्रकोप भएमा देश तयार छ भनी सुनिश्चित गर्न अनुसन्धान जारी रहने मन्त्रीले बताउनु भएको छ ।

प्रभावकारिता र सुरक्षा निर्धारण गर्न प्रारम्भिक अध्ययनहरूमा परीक्षण गरिएको युगान्डामा खोप हस्तान्तरण गर्ने डब्ल्यूएचओ कन्ट्री अफिसका घटना प्रबन्धक चार्ल्स नजुगुनाले बताउनु भएको छ ।

सबैभन्दा ठूलो जोखिममा भएकाहरुलाई परिक्षण खोप हस्तान्तरण गरिने र  परीक्षणमा सहभागिता स्वैच्छिक र निःशुल्क रहने पनि उहाँले बताउनु भएको छ । रासस/सिन्ह्वा