• ११ असोज २०८१, शुक्रबार

मस्को क्षेत्रको सपिङ मलमा आगलागी

blog

मस्को, मङ्सिर २३ गते । रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार आगलागी भएको भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय समयानुसार शुक्रबार बिहान ७ः०५ बजे आगलागी सुरु भएकोे जनाइएको छ । यस आगलागीले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको रसियाको आपतकालीन मन्त्रालयको प्रेस कार्यालयले जनाएको छ ।

यस आगलागीबाट भएको धनजनको क्षतिको हाल केही समाचार प्राप्त भएको छैन । हाल घटनाको विस्तृत विवरण प्राप्त नभएको समाचारमाा जनाइएको छ । रासस/सिन्ह्वा