राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनले दिएको अधिकार र अवसरबाट महिलालाई बञ्चित गरिन नहुने बताउनुभएको छ।
अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवस २०२२ विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘भ्रष्टचार गर्दैनौँ, सहँदैनौँ, म घुस लिन्न, म घुस दिन्न’ प्ले कार्डसहित आज बजार परिक्रमा गरिएको थियो ।
कैलालीको धनगढी उपमहानगरपालिकाले ‘नमस्ते मेयर जनगुनासो सुनुवाई सेवा’ सञ्चालन गरेको छ । भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्धन गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाले सो सेवा सञ्चालनमा ल्याएको हो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सहकारीका नेतृत्व तथा व्यवस्थापकलाई सबल बनाउने तालिम सम्पन्न गरेको छ । नगरपालिकाले १५ सहकारीका २५ जना सञ्चालक तथा कर्मचारीलाई तालिम प्रदान गरेको हो ।
सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको निलम्बन ‘निष्प्रभावी’ हुने भन्दै संघीय संसद्का महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
ताप्लेजुङमा मोतियाबिन्दु भएका एक सय आठ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ।
गृहमन्त्री बालकृष्ण खाणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रको विकास रहेको बताउनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
कलाकार, चिकित्सक, पत्रकार, पाइटल, लेखक, इन्जिनियर, व्यापारी र खेलाडीको टोली लमजुङको पर्यटकीय भुजुङ गाउँमा पुगेका छन्। बिहीबार साँझ क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ स्थित पर्यटकीय गाउँ भुजुङ पुगेका हुन्।
मङसिर महिना सुरु हुनेवित्तिकै बाजुराको जताततै गाउँतिर गुञ्जिने दमाहा बाजा लोप हुँदैगएको छ । विवाहको समय बज्ने त्यो दमाहा बाजाले मङसिर महिनामा रौनकता छाएको हुन्थ्यो । केही वर्ष यता गाउँमा विवाहको बेला बजाइने दमाहा बाजा बज्न छोडेको छ ।
ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। शुक्रबार बिहानबाट ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।
कतारमा जारी विश्वकपमा प्रिक्वार्टरफाइनल खेलअघि स्पेनका प्रशिक्षक लुईस एनरिकले खेल टाइब्रेकरमा पुगे आफ्नो टोलीलाई कुनै समस्या नहुने बताउनुभएको थियो ।
आन्तरिक पर्यटकको गन्तव्यको रूपमा रहेको ज्यामिरे दहमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । घोराही उपमहानगरपालिका –१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दैगएको हो । सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्नेगरेका छन् ।
इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भाएको छ ।