• ५ जेठ २०८१, शनिबार

स्पेन नकआउटको सँघारमा

blog

दोहा, मङ्सिर १५ गते। जर्मनीविरुद्ध अन्तिम समयमा गोल बेहोरेर जितबाट वञ्चित भएको स्पेनलाई विश्वकप फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न बिहीबार जापानविरुद्धको खेलमा केही मिहिनेत गर्न बाँकी भएको छ। जर्मनीविरुद्धको जितले स्पेनलाई जापानविरुद्धको खेल अगाडि नै प्रिक्वाटरफाइनलमा पु¥याउने थियो। तर जर्मनीका स्थानापन्न खेलाडी निक्लस फ्युलक्रुगले सात मिनेट बाँकी छँदा गोल गरेपछि स्पेनको पर्खाइ लम्बिएको हो। समूह ‘ई’अन्तर्गत सोही समयमा हुने जर्मनी र कोस्टाविरुद्धको नतिजा आफूअनुकूल आएमा जापानसँग हारेपछि स्पेन प्रिक्वाटरफाइनलमा पुग्ने स्थिति छ।

जापानले नकआउटमा पुग्न सहज छैन। तर बलियो स्पेनविरुद्धको जितले जापानलाई लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पु¥याउनेछ। पहिलो खेलमा जर्मनीलाई स्तब्ध पारेको जापानमा स्पेनलाई हराउने क्षमता पनि छ। तर जापानले कोस्टारिकासँग पराजय बेहोरेर आफूलाई कठिन स्थितिमा पारेको छ। स्पेनविरुद्ध हार बेहोरेमा भने जापान घर फर्कनेछ। पछिल्लो संस्करणमा जापान प्रिक्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएको थियो। समूह ‘ई’मा स्पेन चार अङ्कसहित शीर्षस्थानमा रहेको छ। जापान र कोस्टारिकाको तीन–तीन र जर्मनीको एक अङ्क रहेको छ।

जापानविरुद्धको खेलमा उदीयमान किशोर खेलाडी जाभीले खेल्नेमा द्विविधा छ। जर्मनीविरुद्धको खेलमा जाभीलाई चोट लागेको थियो। त्यसपध्ध्छि उहाँले टिमसँग अभ्यास पनि गर्नुभएन। यद्यपि स्पेनले जाभी फिट भइसकेको बताएको छ। उहाँले खेले पनि पहिलो रोजाइमा नखेल्ने पक्का छ। जापानविरुद्ध सुरुका दुई खेलमा स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेर गोल गर्ने स्ट्राइकर अल्भारो मोराटाले पहिलो रोजाइमा खेल्ने सम्भावना बलियो छ। गत वर्ष टोकियो ओलम्पिक्सको सेमिफाइनलमा जापान र स्पेनको यू–२३ टिम भिडेका थिए। जसमा स्पेन विजयी भएको थियो। अहिले यी दुवै टिममा सो खेल खेलेका खेलाडीहरूको बाहुल्य रहेको छ। जसमा जापानलाई अतिरिक्त समयमा हराउन निर्णायक गोल गर्ने स्पेनका मार्को एसेन्सियो पनि रहनुभएको छ।

दबाबमा जर्मनी

कोस्टारिकाले जापानलाई हराएर जर्मनीलाई यस विश्वकपमा अनुग्रहित गरिसकेको छ। अब जर्मनी सोही कोस्टारिकालाई हराएर नकआउट चरणमा पुग्ने दाउमा छ। पहिलो खेलमा स्पेनसँग ७–० ले हारेको कोस्टारिकाले जापानलाई हराएपछि जर्मनीको वास्तविक चुनौती बाँकी रहेको थियो। पहिलो खेलमा जापानसँग स्तब्धकारी हार बेहोर्ने जर्मनीले स्पेनविरुद्ध अन्तिम खेलमा बराबरी गोल गरेर पहिलो अङ्क हात पारेको थियो। दुई खेलबाट मात्र एक अङ्क बनाएकाले जर्मनी अन्तिम स्थानमा छ। त्यसैले पनि कोस्टारिकाविरुद्धको जितको नतिजाले पनि जर्मनीको अन्तिम १६ मा स्थान पक्का छैन। जर्मनीले जितेपछि स्पेनले पनि जापानलाई हराउन जरुरी छ। कोस्टारिकालाई जितले अगाडि बढाउनेछ।

कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डो सुवारेजले आफूहरू कतारमा तस्बिर खिच्न मात्र नआएको र जर्मनीलाई हराएर अगाडि बढ्ने प्रतिक्रिया दिनुभयो। स्पेनले जापानलाई हराएमा कोस्टारिकाका लागि बराबरी पनि पर्याप्त हुन सक्छ।

जर्मनीका मिडफिल्डर थोमस मुलरले आफ्नो टिमको अहिलेसम्म धेरै बेइज्जत भइसकेको र अब कोस्टारिकालाई जितेर अर्को चरणमा स्थान बनाउने कोसिस गरेर आफ्नो सम्मान फर्काउने बताउनुभयो। उहाँले स्पेनसँगको बराबरीले टिमको मनोबल उच्च बनेको जानकारी पनि दिनुभयो। जर्मनी पछिल्लो संस्करणमा पहिलो चरणबाट बाहिरिएको थियो। एपी