• ११ असोज २०८१, शुक्रबार

पाल्पामा दुई जना मृत अवस्थामा भेटियो

blog

रेखीराम राना

पाल्पा, मङ्सिर १५ गते । पाल्पामा दुई जनाको बेवारिसे अवस्थामा शव फेला परेको छ । बगनासकाली–३ मा पहिचान नखुलेको पुरुषको र रिब्दीकोट–१, मा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

बगनासकाली–३ पाखण्डीमा स्थानीय बासिन्दाले सर्वजित थापाको बारीमा शव पहिचान नभएको पुरुषको सब फेला परेको हो । उक्त सब सडे गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । 

यस्तै रिब्दीकोट–१ सातमुरेस्थित रिडी खोलामा सोही स्थानकी ४९ वर्षीया तिला कुमारी कुमालको बेवारिसे अवस्थामा सब फेला परेको प्रहरीले जनाएको छ । रिडी खोलाको बिच भागमा पानीमा डुबेको अवस्थामा कुमालको सब फेला परेको प्रहरीले जनाएको छ ।