नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ।
काठमाडौं, साउन ३ गते। नेपाली कांग्रेसका केन्द्रीय नेताले मुलुकको समसामयिक विषयवस्तु र राष्ट्रिय समस्याका बारेमा विज्ञलाई आमन्त्रण गरेर बहस चलाउने भएका छन्।कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र दिलमान पाख्रिन तथा कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काको पहलमा आज लैनचौर ब्याङ्केटमा आयोजित कार्यक्रममा आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई कसरी विजय गराउन सकिन्छ भन्नेबारे निरन्तर छलफल तथा बहस गरेर अगाडि बढ्ने निष्कर्ष निकालिएको छ।कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेलले कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई कसरी देशभर लैजान सकिन्छ भन्नेबारे उक्त मञ्चमा छलफल हुने बताउनुभयो। “पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरुले लामो समय बोल्न पाउँदैनन्। त्यसैले देशको समसामयिक तथा राष्ट्रिय समस्याको बारेमा विज्ञलाई बोलाएर छलफल गर्नसमेत नयाँ फोरम आवश्यक हुने भएकाले छलफलका लागि केन्द्रीय सदस्यलाई आमन्त्रण गरेका हौँ”, उहाँले भन्नुभयो।कांग्रेस केन्द्रीय सदस्य पाख्रिनले देशमा देखिएका प्रमुख समस्या समाधानका लागि सम्बन्धित क्षेत्रका विज्ञलाई बोलाएर छलफल गर्नुका साथै छलफलबाट निस्केको सुझावलाई पार्टी केन्द्रीय समितिमा सुझावको रुपमा प्रस्तुत गर्न यस्तो भेलाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।कांग्रेस केन्द्रीय सदस्यद्वय उमेशजङ्ग रायमाझी र सीता गुरुङले देशका प्रमुख विषय वस्तुमा केन्द्रित रहेर उक्त भेलामा छलफल हुने बताउनुभयो। कांग्रेस सङ्खुवासभाका सभापति एवं पूर्वराज्यमन्त्री खड्काले आगामी निर्वाचनमा कसरी कांग्रेसलाई विजय गराउन सकिन्छ भन्नेबारे छलफल गर्न नयाँ फोरम निर्माण गर्न लागिएको बताउनुभयो। छलफलमा कांग्रेसका पदाधिकारीबाहेक अधिकांश केन्द्रीय सदस्य, सांसद एवं पूर्वमन्त्रीको सहभागिता थियो। पार्टीलाई बलियो बनाउन उक्त छलफललाई अब निरन्तर चलाइने कांग्रेस सङ्खुवासभाका सभापति खड्काले बताउनुभयो।
काठमाडौँ, साउन ३ गते । गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कस्ले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार तथा मोडल प्रिन्स लियोको शब्द शृजना रहेको गीतमा नेहर बुढाथोकीको संगीत रहेको छ। पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले बिछोडिएको परिवारको दर्दनाक कथालाई मोडलद्वय प्रिन्स लियो र बिना राउतका माध्यमबाट देखाउन खोजिएको छ।परिवार पाल्नका लागि विदेश हानिएको एउटा युवा पत्नीले गलत निर्णय गरेकै भरमा जागिर छाडेर स्वदेश फर्किएर छोराछोरीको हेरचारमा बस्न बाध्य बनेकाको कथामा प्रिन्स र बिनाका अलावा बालकलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय रहेको छ। विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र मिलन विश्वकर्माले गर्नुभएको हो। भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो। पछिल्लो समयका लोकप्रिय निर्देशक बिक्रम चौहानको निर्देशन रहेको भिडियोको निर्माण प्रिन्स लियोले गर्नुभएको हो।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले यसअघि कोभिड–१९ महामारीका कारण स्थगित गरिएको १९औं एसियाली खेलकुदको नयाँ मिति घोषणा गरेको छ । ओसिएले आयोजक चीनसँगको सहमतिमा मंगलबार एसियाड सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हाङझावमा गर्ने उल्लेख गरेको छ ।
काठमाडौं, साउन ३ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियान तीन पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार छलफल सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा छलफल भएको हो। जारी रहेको छलफलमा माओवादी नेता नारायणकाजी श्रेष्ठ, समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि उपस्थित हुनुहुन्छ।
काठमाडौं, साउन ३ गते । र्याप गायनमा आधारित रियालिटी शो 'नेपहपको श्रीपेच'का विजेतालाई नयाँ मुकुट प्रदान गरिएको छ । मंगलवार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपहपका विजेता साइमन बिष्ट (भाइबर साइमन) लाई नेपहपको श्रीपेच प्रदान गर्नुभएको हो । कार्यक्रमका निर्णायकसमेत रहनुभएका प्रमुख साहले पञ्चधातुबाट निर्मित मुकुट प्रदान गर्नुभएको छ । यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो । कार्यक्रममा बोल्दै विजेता साइमनले नेपालको पहिलाे र्याप रियालिटी शो जित्न पाउँदा खुशी लागेको बताउनुभयो । यस्तै, अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको आयोजकले जनाएको छ ।
बेल्जियममा रहेको नेपाली समुदायद्वारा स्थापित अन्नपूर्ण ब्रसेल्स क्लब (एबीसी) र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)बीचको मैत्रीपूर्ण फुटसलमा एनएसजेएफ विजयी भएको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा मंगलबार भएको खेलमा एनएसजेएफले एबीसीलाई ५–४ गोलले हरायो ।
काठमाडौं, साउन ३ गते । फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा देख्न सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेणु योगी लगायत हुनुहुन्छ । अभिनेत्री मास्केले सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी महिला चरित्रमा अभिनय गर्नुभएको छ । भदौ १० गते रिलिज हुने फिल्मलाई विकास सुवेदीले लेख्नुभएको हो । फिल्म अस्ट्रेलियामा बसोबास गर्दै आएका महेन्द्र अधिकारीको निर्माणमा बनेको हो ।
नाँम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीका लागि नौ महिनापछि खाद्यन्न पैदल मार्ग हुँदै सदरमुुकामबाट पठाइएको छ । लिमी जाने न्यालुु सडक मर्मतपछि सुुचारु हुँदा सो खाद्यन्न पठाइएको हो ।
कर्णाली प्रदेश सभाको मंगलबारको बैठक सत्तापक्षकै प्रदेश सभा सदस्यहरुले बहिस्कार गरेका छन् । सरकार एकलौटी ढंगले अघि बढेको भन्दै नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशसभा बैठक बहिस्कार गरेका हुन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेको चेकपोष्ट र काँडेतार हटाएको छ।
नेपालमा कोरोनाको चौथो लहर सुरु भएसँगै २१ देखि ३० वर्ष उमेर समूह व्यक्ति बढी सङ्क्रमित भएका छन् ।
काठमाडौं, साउन ३ गते । कोरियन प्रविधिको 'स्यान्ड्विच प्यानल' उत्पादन गर्ने कम्पनी 'एसवाई प्यानल नेपाल'ले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ । प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ । पहिलो विजेताले डेढ लाख नगद रुपियाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्तिले एक लाख नगद रुपियाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिव्यक्तिलाई ७५ हजार प्रदान गरिनेछ भने चौंथो चार जना प्रतिव्यक्तिलाई ४० हजार र पाचौं वा पाँच जनालाई ३० हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिनुभयो ।प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाई छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भिउज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।भाद्र १० गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर विजेता स्वयंले ब्यहोर्नुपर्नेछ ।कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवन लगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ ।
झापामा कोरोना सङ्क्रमणदर बढ्न थालेको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षमा बसेको विपद् व्यवस्थापन समितिले तत्काल यसको रोकथामका लागि सबै प्रकारका आवश्यक तयारी गर्ने र सय बेडको होल्डिङ सेन्टरलाई दुरुस्त राख्ने निर्णय गरेको छ।
नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मङ्गलबार नेप्से परिसूचक १६.२७ अंक बढेर २०४५.६९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अंक बढेको छ।