काठमाडौं, साउन ३ गते। नेप्से परिसूचक पछिल्लो एक सातादेखि निरन्तर रुपमा वृद्धि भएको छ। मङ्गलबार नेप्से परिसूचक १६.२७ अङ्क बढेर २०४५.६९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.७७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.३५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ अङ्क बढेको छ।
मङ्गलबार कारोबारमा आएका २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर २ अर्ब २९ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँगै मङ्गलबार कारोबार रकम पनि बढेको छ। सोमबार शेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँ बराबरको नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेका छन्।
जसमध्ये वित्त उपसमूहको परिसूचक २.७० प्रतिशत बढेको छ। विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
नेप्सेसँगै मङ्गलबार इमर्जिङ् नेपालको शेयर मूल्य सबैभन्दा बढी ८.०१ प्रतिशत बढेको छ। त्यस्तै, गणपति लघुवित्तको शेयर मूल्य करिब ७ प्रतिशत बढेको छ। यता, सिभिल बैंकको ऋणपत्रको मूल्य ७.७५ प्रतिशत घटेको छ। मंगलबार शिवम् सिमेन्ट १५ करोड ९७ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।