• १३ असार २०८१, बिहिबार

दाहाल, नेपाल र गौतमबीच छलफल

blog

तस्बिर सौजन्य सूर्यकिरण शर्मा ।

काठमाडौं, साउन ३ गते। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियान तीन पार्टीका शीर्ष नेताहरुबीच छलफल भएको छ। 

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो। दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार छलफल सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा छलफल भएको हो। 

जारी रहेको छलफलमा माओवादी नेता नारायणकाजी श्रेष्ठ, समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि उपस्थित हुनुहुन्छ।