• १२ असोज २०८१, शनिबार

फिल्म 'प्रकाश'को ट्रेलर सार्वजनिक

blog

काठमाडौं, साउन ३ गते । फिल्म ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

२ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा सपना पूरा गर्न घरबाट निस्किएको मुख्य पात्रको कथा देख्न सकिन्छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का, दीया मास्के, रेणु योगी लगायत हुनुहुन्छ । 

अभिनेत्री मास्केले सशस्त्र द्वन्द्वमा बेपत्ता भएका पतिको पर्खाइमा रहेकी महिला चरित्रमा अभिनय गर्नुभएको छ । भदौ १० गते रिलिज हुने फिल्मलाई विकास सुवेदीले लेख्नुभएको हो । फिल्म अस्ट्रेलियामा बसोबास गर्दै आएका महेन्द्र अधिकारीको निर्माणमा बनेको हो ।