रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालनतर्फको दोस्रो चरणको नतिजा सार्वजानिक भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार दोस्रो चरणका लागि गत असार १३ गतेदेखि २२ गतेसम्म भएको परीक्षामा सहभागीमध्ये एक हजार १०३ जना उत्तीर्ण भएका हुन् । दोस्रो चरणका लागि चार हजार २५८ जनाले आवेदन दिएकामा परीक्षामा तीन हजार १३ जना सहभागी भएका थिए ।
बाराको निजगढमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न विज्ञ समूह गठन गरेर अध्ययन अगाडि बढाइने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले विमानस्थल निर्माणबारे अध्ययन गर्न विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ । सो प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ ।
गैँडा मृत्यु सङ्ख्या बढेको समस्या निराकरणका लागि सरकारले विज्ञहरू सम्मिलित टोली गठन गरेको छ । गैँडाको मृत्युदर घटाउन र चितवन राष्ट्रिय निकुञ्जबाट गैरकानुनी तरिकाले हुने अङ्ग–प्रत्यङ्गको ओसारपसार तथा खरिद बिक्री अन्त्य गर्न वन तथा वातावरण मन्त्रालयले विज्ञ टोली गठन गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सनातन वैदिक धर्म र संस्कृति जोगाउन सबै पक्षको महत्त्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभएको छ । पशुपति मन्दिर परिसरमा जगत्गुरु रामानन्दाचार्य सेवा पीठ तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले आयोजना गरेको नौदिने अतिरुद्र महायज्ञ सोमबार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो ।
क्यानेडियन गायिका गिथिया बर्मनको ‘एनदर वल्र्ड’ बोलको गीतमा ब्लाइन रक्स्का संस्थापक सृष्टि केसी र सुदेव सुरेशको अभिनय रहेको छ । गायिका बर्मनको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा दृष्टिविहीनहरूलाई प्रेरणादायी परियोज
अर्घाखाँचीकी सीमा (नाम परिवर्तित) फुपूसँगै अध्ययनका लागि भारत गइन । आफ्नै सहोदर फुपूले नै अध्यापन गराउँछु भनेपछि आफन्तको रोहवरमा १५ वर्षको उमेरमै सीमा भारत पुगिन् । भारत गएको वर्षदिन नबित्दै फुपूले सीमाको एक भारतीयसँग जबरजस्ती विवाह गराइदिइन् । त्यसपछि श्रीमान् भनिएका ती भारतीय नागरिकले सीमालाई होटेलमा अवैध क्रियाकलाप गर्न बाध्य बनाए ।
मधुपर्क सम्मानको यात्रा दुई दशक पुगेको छ । पहिलो पटक यो सम्मान २०५९ मा प्रदान गरिएको थियो, मधुपर्क प्रकाशनको ३५ वर्षपछि । आज २०७९ सम्म आइपुग्दा मधुपर्कको प्रकाशन यात्रा ५५ वर्ष पुगेको छ । एउटा प्रकाशनका लागि ५५ वर्ष धेरै लामो अवधि हो । यस अवधिमा मधुपर्कले नेपाली साहित्यको श्रीवृद्धिमा पु-याएको योगदानको समीक्षा भएका छन् र निरन्तर यस्तो समीक्षा हुनुपर्छ । समीक्षा यात्राको सिंहावलोकन भएकाले पनि वस्तुगत समीक्षाले मधुपर्कको आगामी यात्रालाई दिशा प्रदान गर्दछ ।
समलिङ्गी प्रेम कथामा आधारित चलचित्र ‘मीरा’को ट्रेलर सार्वजनिक भएको छ । अश्भी फिल्मस्को युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको चलचित्रलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गर्नुभएको हो । दर्शकलाई केही फरक स्वाद दिने उद्देश्यका साथ निर्माण गरेको जानकारी दिँदै निर्देशक पण्डितले भन्नुभयो
लहान नगरको चौबाटोमा लहरै तीनवटा रुख रहेका छन् । वरपीपल र अशोकका पुरानो रुख, यी तीनै रुखको आयु डेढ शताब्दीभन्दा बढी भएको छ । छाया मात्रै होइन, माया पनि दिइरहेको यहाँका स्थानीयको भनाइ छ । “जङ्गबहादुर कोइरालाले डेढ सय वर्ष पहिले लहान १३ र २४ नम्बर जाने चौतारामा वरपीपल र अशोकका बिरुवा मात्रै रोप्नु भएन । त्यस भेगका १० गाउँका स्थानीयलाई पानी खान पक्की इनार खनाउनु भयो । पक्की इनार खनाएकै कारण यस बस्तीको पक्की टोल नामकरण भयो,” स्थानीय परशुराम कोइरालाले जानकारी दिनुभयो ।
अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको मध्यपहाडी सडकमा सोमबारराती पहिरो जाँदा सडक अवरुद्ध भएको छ । नगरपालिकाको वडा नम्बर ३ र ४ को दरेपाटा भन्ने स्थानमा सडक भन्दा माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
अहिले धान रोप्ने समय हो । किसान धान रोप्नमा व्यस्त छन् । सरकारी तथ्याङ्कमा अहिले सम्ममा ५४ प्रतिशत रोपाइँ भइसकेको छ र साउनको तेस्रो हप्तासम्ममा लगभग रोपाइँ सकिन्छ ।यस वर्ष १३ लाख ५० हजारदेखि १३ लाख ६० हजार हेक्टरमा धान रोपिने सरकारी निकायको अनुमान छ । गत वर्ष १३ लाख ४२ हजार ८१९ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । अघिल्ला वर्षहरूमा धान खेती हुने क्षेत्रफल बर्सेनि घटिरहेको छ ।
सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५६ बर्षीय पुरुष पक्राउ परेका छन् ।
जिल्लाको धवलागिरि गाउँपालिकाको १ नम्बर वडा गुर्जा मात्र हो, जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ ।
त्यो, त्यही दिन हो छोरू ! जुन दिन– हाम्रो जिन्दगीको नग्न तस्बिर भाइरल बनाएर फरार भयो रङ्गीन सपना !
नापी कार्यालय उदयपुरले स्थानीयले भोगचलन गर्दै आएको तर गाउँ ब्लकमा रहेका जग्गा व्यवस्थित गर्ने भन्दै सम्बन्धित जग्गाधनीलाई सोमबारदेखि लालपुर्जा वितरण गर्न सुरु गरेको छ । झन्डै छ वर्ष पहिले नै नाप जाँच गरी तयार पारिएको भए पनि सम्बन्धित जग्गाधनीले जग्गाको स्वामित्व नपाएको अवस्थामा सोमबार आयोजित एक कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले वडा नम्बर १२ का दुई जना जग्गाधनीलाई संयुक्त रूपमा लालपुर्जा वितरण गरेर सो कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।