• १२ असोज २०८१, शनिबार

मीराको ट्रेलर सार्वजनिक

blog

काठमाडौँ, साउन ३ गते  । समलिङ्गी प्रेम कथामा आधारित चलचित्र ‘मीरा’को ट्रेलर सार्वजनिक भएको छ । अश्भी फिल्मस्को युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको चलचित्रलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गर्नुभएको हो । दर्शकलाई केही फरक स्वाद दिने उद्देश्यका साथ निर्माण गरेको जानकारी दिँदै निर्देशक पण्डितले भन्नुभयो, “यो चलचित्र मेरा लागि निकै चुनौतिपूर्ण छ ।” चलचित्रमा निर्देशक पण्डितसँगै अर्नभी ढुङ्गाना, मौसम खड्का, अभिषेकलगायत कलाकारको अभिनय रहेको छ । अनिल कट्वालले छायाङ्कन गरेको चलचित्रलाई बिजेश पौडेलले सम्पादन गर्नुभएको हो ।