• १२ असोज २०८१, शनिबार

‘एनदर वर्ल्ड’ मा सृष्टि र सुरेश

blog

काठमाडौँ, साउन ३ गते । क्यानेडियन गायिका गिथिया बर्मनको ‘एनदर वल्र्ड’ बोलको गीतमा ब्लाइन रक्स्का संस्थापक सृष्टि केसी र सुदेव सुरेशको अभिनय रहेको छ । गायिका बर्मनको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा दृष्टिविहीनहरूलाई प्रेरणादायी परियोजनाका रूपमा पहिलो ‘अडियो डिस्क्रेप्टिभ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आमोश पुठियाटिलले छायाङ्कन गरेको गीतलाई सदिक ज्याकीले कोरियोग्राफी गर्नुभएको हो । अडियोको डिस्क्रिप्सन र लेखन कार्य शारदाको रहेको छ ।