मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दी एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा ‘शाम्भाला’ छनोट भएको छ ।
महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याल (धिताल) लाई प्रदान गरिएको छ ।
सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा हो नाटक ‘अगम’ । नाटकमा आशा÷निराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका मुद्दाको झलक दिन्छ ।
कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
नागरिक लगानी कोषले प्रदान गरिरहेको विभिन्न सामाजिक सुरक्षाका योजनाबारे पोखरामा सरोकारवालाबिच शुक्रबार छलफल गरिएको छ ।
उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् ।
स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ ।
पर्यटन र सूचना प्रविधिमूलक क्षेत्रमा अटोमेटिक रुट (स्वचालित) मार्गबाट विदेशी लगानी प्रतिबद्धता धेरै भित्रिएको छ ।
वर्षायाम सकिनै लाग्दा इलामको मौसम खुल्न थालेको छ ।
भक्तपुरको नलिञ्चोक हेलिपोर्टबाट तीन महिनामा २४८ उडान तथा अवतरण भएका छन् ।
दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुदै अमेरिकाको न्यूयोर्क आईपुगेकी परराष्ट्र मन्त्री डा. राणालाई जनसम्पर्क समितिको संयोजनमा भव्य स्वागत गरिएको छ ।