नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको ‘एजेन्डा’लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।
झापाको कनकाई नगरपालिका-७ स्थित टेक्रामा कनकाई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक सङ्कटबाट जोगाउन नेपाली कांग्रेस–एमालेको संयुक्त सरकार गठन भएको बताउनुभएको छ ।
रुसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।
फाल्गुनन्द गोल्डकपको ११ औँ संस्करण पुसमा हुने निश्चित भएको छ। मैदान भत्किएपछि २०७५ सालदेखि स्थगित गरिएको उक्त गोल्डकप फिदिम स्पोर्टिङ क्लबले आयोजना गर्न लागेको हो।
पश्चिम नेपालको प्रमुख व्यापारिक नाकामा रहेको नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा करिब तीन अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा प्रदेशको पहाडी जिल्लालाई कम प्राथमिकता दिएपछि कैलाली, कञ्चनपुरलाई अलग्याएर पहाडी सात जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने कुरा प्रदेश सदनमा उठेको छ।
नवलपुरको कावासोती र देवचुली नगरपालिकामा प्लास्टिकजन्य फूलगुच्छा, झल्लर, माला लगायतका सामग्री बिक्रीमा प्रतिबन्ध लगाइएको छ।
विश्व रेडपान्डा दिवसको अवसरमा शनिबार ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा महिलातर्फ कुमारी गुरुङ प्रथम हुनुभएको छ।
घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। घान्द्रुकलाई सांस्कृतिक गाउँको रूपमा विकासको लागि पहल गर्न सरोकारवालाको माग छ।
मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो ।
लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाउँदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ ।
चाडपर्व सुरु भएसँगै नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै पट्काजन्य पदार्थ नेपाल भित्रिन थालेको छ।
एकसय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशका २ पालिका प्रमुखको जिम्मेवारी महिलाले सम्हालेका छन् । बाँकी एक सय सात स्थानीय तहमा पुरुषकै नेतृत्व रहेको छ ।