नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले ग्रामीण क्षेत्रका खास निमुखा नागरिकका कुरालाई लिएर मिसन २०८४ मा भाग लिने बताउनुभयो ।
म्याग्दीको मालिका गाउँपालिका–६, स्थित दरबाङमा खोलाले बगाउँदा एक बालक बेपत्ता हुनुभएको छ ।
रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा झाडापखाला बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
राज्यका महत्त्वपूर्ण निकायको प्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत सङ्ग्रहमा शनिबार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम दुरुपयोग गरेर अनुसन्धानलाई प्रभावित पार्ने खेलमा लागेको बताउनुभएको छ ।
उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालयले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जमेको पानीको दहमा पौडी खेल्ने क्रममा जिल्लाको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा मैखुका २१ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १० स्थित गोरक्षेश्वर मन्दिर सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ ।
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापाको दमकमा एक बालकको मृत्यु भएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको शुक्रबार साँझ मृत्यु भएको हो ।
वन कर्मचारीले धनुषाको मिथिला नगरपालिका–५, स्थित जगधर खोला वन क्षेत्रबाट तस्करीका काठसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ ।