• ११ असोज २०८१, शुक्रबार

नदीले बगाउँदा बालक बेपत्ता

blog

फाइल तस्बिर ।

साधन घर्ती 

म्याग्दी (दरबाङ), असोज ५ गते । म्याग्दीको मालिका गाउँपालिका–६, स्थित दरबाङमा खोलाले बगाउँदा एक बालक बेपत्ता हुनुभएको छ । शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारेस्थित झोलुङ्गे पुलनजिक किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका–१, निस्कोट घर भई हाल दरबाङमा बस्दै आउनुभएका सागर पटेलका छोरा ८ वर्षीय सलमान पटेल बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, शुक्रबार साँझ करिब सवा ५ बजेको समयमा पौडी खेल्ने क्रममा खोलाले बगाएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटेको प्रहरी टोली र स्थानीयवासीले खोजी सुरु गरेका छन् । 

बेपत्ता सलमान फेला पर्नुभएको छैन । अभिभावकमार्फत बेपत्ता सलमानको कपडा र चप्पलबाट पहिचान भएको हो । बेपत्ता सलमानको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।