एकसय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशका २ पालिका प्रमुखको जिम्मेवारी महिलाले सम्हालेका छन् । बाँकी एक सय सात स्थानीय तहमा पुरुषकै नेतृत्व रहेको छ ।
भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
तम्घासस्थित गुल्मी अस्पतालबाट एक वर्षमा ८५ हजार ६८० नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालको वार्षिक समीक्षामा ८५ हजार ६८० नागरिकले उपचार पाएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. विभव बस्यालले जानकारी दिनुभयो।
नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदामा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको छ ।
करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरूबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ ।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।
रुकुमपश्चिमका चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय, विभिन्न पालिकाहरू, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतले बजार अनुगमनलाई जोड दिएका हुन् ।
लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्नुहुन्छ ।
मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।
ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा खुलातर्फ पाँचथरका विशाल राई प्रथम हुनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
कवि यश लामाको पहिलो कृति ‘बहिष्कृत आवाज’ शनिबार एक कार्यक्रमका बिच हेटौँडामा विमोचन गरिएको छ । लामाको पहिलो कृतिको रूपमा कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको हो ।
लागुऔषधसहित कैलाली प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीया रामरति राना थारु र सोही ठाउँकी २२ वर्षीया करिना राना रहेका छन् ।