• ११ असोज २०८१, शुक्रबार

लागुऔषधसहित दुई युवती पक्राउ

blog

पक्राउ परेका युवतीहरु ।

अविनाश चौधरी

धनगढी, असोज ५ गते । लागुऔषधसहित कैलाली प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीया रामरति राना थारु र सोही ठाउँकी २२ वर्षीया करिना राना रहेका छन् ।

उनीहरूको साथबाट एक ग्राम ७० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाबाट सादा पोसाकमा खटेको प्रहरी टोलीले उनीहरूलाई धनगढी गाउँबाट पक्राउ गरेको हो । दुवै जनालाई हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।