• ११ माघ २०८१, शुक्रबार

वडा सदस्यसहित पाँच जना पक्राउ

blog

पक्राउ परेकाहरु । तस्बिर : जिल्ला प्रहरी कार्यालय

अर्जुन काफ्ले 

स्याङ्जा, असोज ५ गते । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ । 

वालिङ नगरपालिका–१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ वर्षीय मनोज सहानी, ४२ वर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

वडा सदस्य जिटीसहित पाँच जनालाई वालिङ–१ रामवाच्छाबाट पक्राउ गरिएको हो । करेन्टको प्रयोग गरेर माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङवाट गएको टोलीले माछा मार्न प्रयोग भएको मेसिन, माछा र गाडीसहित फेला पारेको रानाले बताउनुभयो । 

पक्राउ परेका जिटीलाई पटक–पटक पक्राउ गर्दै छाडिएको समेत बुझिएको छ । अन्य चार जना रौतहट जिल्लाका वालिङमा पेन्टर काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारबाही हुने रानाले बताउनुभयो ।