पढाइलाई उमेरले छेक्दैन भन्ने भनाइलाई खोटाङका धनकुमारी राई र पुजान दर्जीले पुष्टि गर्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ७८ वर्षीय धनकुमारी राई र ५२ वर्षीय पुजान दर्जी अहिले नातिनीहरूसँगै विद्यालयमा पढ्न सुरु गर्नुभएको छ ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी हुनुभएको छ ।
रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेष गरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् ।
श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न भएको हो ।
प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ ।
नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो हु्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबिच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।
बाँकेलाई अति सुगम जिल्लाको रुपमा लिईंदै आए पनि अझ यो जिल्लामा समेत धेरै ठाउँमा पुल, सडक र बिद्युत नपुग्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
राज्यले अर्बौ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पुर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् । नेपालगन्ज रङ्गशाला यहाँका खेलाडीहरुको लागि प्रमुख प्रशिक्षण केन्द्र हो ।
नेपाल बुद्धिचाल महासङ्घ र धादिङ जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा शनिबारदेखि छैटौँ राष्ट्रिय भेट्रान बुद्धिचाल च्याम्पियनसिप धादिङको महादेवबेसीमा सुरु भएको छ।
जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।
बाँकेको खजुरा गाउँपालिकास्थित मानखोला जङ्गल आसपासको क्षेत्रमा बाघको आक्रमणबाट मानवीय क्षतिका घटना हुन थालेपछि बाघलाई नियन्त्रण गर्न हात्तीसहितको टोली परिचालन भएको छ ।
मधेश प्रदेशमा गल्फ मैदान ९कोर्स० तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–६ जरणडाँडामा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक (प्रतिमा) स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमकाबिच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गर्नुभएको छ ।
पढाइलाई उमेरले छेक्दैन भन्ने भनाइलाई खोटाङका धनकुमारी राई र पुजान दर्जीले व्यवहारमा देखाउनुभएको छ ।