• ११ असोज २०८१, शुक्रबार

राष्ट्रिय भेट्रान बुद्धिचाल सुरु

blog

भेट्रान बुद्धिचालको पहिलो दिन प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, असोज ५ गते । नेपाल बुद्धिचाल महासङ्घ  र धादिङ जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा शनिबारदेखि छैटौँ राष्ट्रिय भेट्रान बुद्धिचाल च्याम्पियनसिप धादिङको महादेवबेसीमा सुरु भएको छ। 

शनिबार सम्पन्न दुई चरणको खेलमा तीन पटकका नेशनल च्याम्पियन बद्रीलाल नेपाली, पूर्व च्याम्पियन द्वय एफएम विलमलाल श्रेष्ठ, सिएम नवीन तण्डुकार, हर्क चोङ्वाङ लिम्बू र भक्तपुरका गणेशमान दुवालले दुइै खेल जित्दै अग्रस्थानमा हुनुहुन्छ । 

बद्रीलालले पहिलो चरणको खेलमा स्याङ्जाका मोहनसिंह प्रधानलाई पराजित गरे भने दोस्रो चरणको खेलमा भक्तपुरका जगन्नाथ ताम्राकारलाई हराउनसभयो । नविनले पहिलो खेलमा सप्तरीका रामदेव मण्डललाई र दोस्रो खेलमा भक्तपुरका कृष्ण गोपाल नापितलाई हराउनुभयो । 

यस्तै विलमले पहिलो चरणको खेलमा भिमदत्त पाण्डेलाई  र दोस्रो खेलमा सिएम भगवती प्रसादलाई पन्छाउनुभयो । हर्कले पहिलो चरणमा  धादिङका बिष्णु मिश्र लिम्बुलाई र दोस्रो चरणको खेलमा कास्कीका रामबहादुर क्षेत्रीलाई परासिजत गर्नुभयो । गणेशमानले पहिलो चरणको खेलमा तारामान श्रेष्ठलाई र दोस्रो चरणको खेलमा लक्षमण कुमार माथि जित निकाल्नुभयो । 

धादिङ जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष विकास कार्कीको संयोजनमा भइरहेको प्रतियोगिताको उद्घाटन थांक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जनले गर्नुभयो ।