• ११ असोज २०८१, शुक्रबार

परराष्ट्रमन्त्री डा. राणा र रोमानियाली विदेशमन्त्रीबिच भेटवार्ता

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुसँग भेट गर्नुहुँदै । तस्बिर : परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौँ, असोज ५ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबिच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।

सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा.राणा हाल क्यानाडा हुनुहुन्छ ।

सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा.राणाले उहाँमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको थियो । 

वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चाख देखाउनुभएको थियो । 

त्यस्तै दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।