• ११ असोज २०८१, शुक्रबार

‘बहिष्कृत आवाज’ सार्वजनिक

blog

कविता संग्रह ‘बहिष्कृत आवाज’ एक कार्यक्रमका बिच हेटौँडामा विमोचन गरिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, असोज ५ गते ।
 कवि यश लामाको पहिलो कृति ‘बहिष्कृत आवाज’ शनिबार एक कार्यक्रमका बिच हेटौँडामा विमोचन गरिएको छ । लामाको पहिलो कृतिको रूपमा कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको हो ।

कविता सङ्ग्रहमा सामाजिक रूपमा पछाडि परेका, समाजबाट बहिष्कार भएका वर्गको आवाज कवितामार्फत प्रस्तुत गर्ने प्रयास गरिएको लेखक लामाको भनाइ छ । छ वटा खण्डमा विभाजन गरी कविता सङ्ग्रह प्रकाशित गरिएका छ । विद्यालय जीवनदेखि नै कविता लेख्दै आउनुभएका बारा जिल्लाको निजगढ नगरपालिका–७ का स्थायीवासी लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई ‘बहिष्कृत आवाज’ मा समावेश गर्नुभएको छ ।

लामाको कृति साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । लामाको ‘बहिष्कृत आवाज’ कविता सङ्ग्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले विमर्श गर्नुभएको थियो ।

विमर्श गर्दै डा.रामले कविले कविता मार्फत समाजको सचित्र वर्णन गर्न सफल भएको बताउनुभयो । त्यस्तै पालिका उपाध्यक्ष नेपालीले सरल, सामान्य र सबैले बुझ्न सक्ने गरी ल्याइएको कविता सङ्ग्रहको प्रशंसा गर्नुभयो । जीवन, अनुभूति गर्न सक्नेगरी लेखिएको पुस्तकमा भोगाइलाई शब्दमार्फत व्याख्या गरिएकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा साहित्यकार निमेश निखिलले सामाजिक रूपमा पछाडि परेका वर्गको आवाज उजागर गरेको र किनारामा परेकालाई शब्द मार्फत उजार गरेको बताउनुभयो । लामाले लेख्नुभएको कविता साहित्यकारहरूले वाचन गर्नुभएको थियो ।