• ८ मंसिर २०८१, शनिबार

कनकाई नदीमा डुबेर एक जनाको मृत्यु

blog

बिर्तामोड, असोज ५ गते । झापाको कनकाई नगरपालिका-७ स्थित टेक्रामा कनकाई नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा शनिबार दिउँसो एउटा बेवारिसे शव फेला परेको हो ।

उत्तानो परेको, अनुहार पानीमा डुबेको करिब ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरूले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का बनाउने र शवको पहिचान खुलाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापा मगरले बताउनुभयो ।