• ११ असोज २०८१, शुक्रबार

परराष्ट्र मन्त्री राणाको अमेरिकामा स्वागत

blog

न्यूयोर्क,  असोज ६ गते ।   परराष्ट्र मन्त्री डा. आरजु राणाको अमेरिकामा  स्वागत गरिएको छ ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क आइपुग्नु भएकी परराष्ट्र मन्त्री डा. राणालाई जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको छ ।


जनसम्पर्क समितिका अमेरिकाका सभापति आनन्द बिष्ट, संयक्त राष्ट्र संघको कूटनीतिक नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, नेपालका लागि न्यूयोर्कका वाणिज्यदूत चक्रबहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूतहरु, विभिन्न राजनीतिक दल र संघ संस्थाका प्रतिनिधिले न्यूयोर्कको जोन अफ केनडी विमानस्थलमा परराष्ट्र मन्त्री राणाको स्वागत गर्नुभयाे ।


जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्र मन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनीतिक दलका प्रवासी संगठनहरु, सामाजिक संघ संस्था र नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको थियो ।

उहाँले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन नेपालीहरुका तर्फबाट  परराष्ट्र मन्त्री डा. राणासँग आग्रह गर्नुभएको थियो ।   ।